ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चक्रपथ दोस्रो खण्ड विस्तारमा दबाब दिन पैदल यात्रा


एबीसी न्यूज
१६ असार २०८१, आइतबार   १२ : १२   बजे

काठमाडौं १६ असार । सांसद प्रदीप पौडेलको नेतृत्वमा पदयात्रा, धूलो, धूवाँ र जामले दुःख पाएको सर्वसाधारणको गुनासो, व्यापार चौपट भएकामा व्यापारी–व्यवसायी चिन्तित
काठमाडौँ — चक्रपथ दोस्रो खण्ड विस्तारमा ढिलाइ भएपछि सरकारलाई दबाब दिन सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले सामूहिक पैदल यात्रा गरेको छ । शनिबार पौडेल नेतृत्वको टोलीले कलंकीदेखि चाबहिलसम्म करिब १२ किलोमिटर पैदल यात्रा गरेको हो । उनलाई काठमाडौंका सांसदहरू राजन केसी, प्रतिमा गौतम, सन्तोष चालिसे, शिशिर खनालले साथ दिएका थिए ।

धेरैले सडक नबन्दा व्यापार व्यवसाय चौपट भएको गुनासो गरेको सांसद पौडेलले बताए । ‘स्थानीयसँग सडकका कारण भएको समस्याबारे बुझ्यौं,’ उनले भने, ‘धेरैले व्यापार व्यवसायमा ६० प्रतिशत गिरावट आएको गुनासो गरे ।’ यो समस्या सीतापाइलादेखि ठूलो भर्‍याङ, सानो भर्‍याङ, वनस्थली, बसपार्क क्षेत्र आसपासमा पाइएको उनले बताए । ‘धूवाँधूलोले पहिला जस्तो सामान बिक्री नहुने गरेको गुनासो गर्नुभयो,’ उनले भने, ‘व्यवसाय चौपट बनेपछि विकल्पमा खाडी मुलुक जानुपरेको, पठाओ चलाएकोजस्ता गुनासो छन् ।’

 

यस्तै, सडक नबन्दा सटर भाडामा नलागेको, धूलोधूवाँले बिरामी पर्नु परेको, होटल व्यवसाय प्रभावित भएको जस्ता समस्या देखिएको उनको भनाइ छ । ‘सरकारले चक्रपथको काम चार वर्षअघि नै सकिसक्नुपर्ने हो,’ उनले भने, ‘स्रोत सुनिश्चित छ पनि भनिन्छ, तर अहिलेसम्म काम थालिएको छैन ।’ कलंकीदेखि बसुन्धरासम्म मात्र चीनले काम गर्ने उनले बताए ।

‘बसुन्धरादेखि धोबीखोलासम्म चीनले काम गर्ने भनेकै रैनछ, सरकारले किन रुख काटेको हो रु किन सडक भत्काएर अस्तव्यस्त बनाएको हो रु’ उनले भने, ‘यो खण्डमा सरकारले छिटो काम थाल्नुपर्छ ।’ उनले चीनलाई भनेर छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए । ‘सरकार जवाफदेही भएन, संसद्मा पटकपटक आवाज उठाउँदा सुनिएन, संकल्प प्रस्ताव संसद्मा दर्ता गर्दा पनि नसुन्ने काम भएको छ,’ उनले भने, ‘त्यसैले सरकारको ध्यानाकर्षण गरेर छिटो काम गराउन दबाब दिन खोजिएको हो ।’ उनले विस्तारको काम नथाल्दासम्म दबाब दिइरहने बताए ।

चक्रपथ विस्तारबारे संसद्मा गत जेठ २९ मा सांसद पौडेल प्रस्तावक रहेर जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ । काठमाडौंबाट प्रतिनिधित्व गर्ने १० सांसदले प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावको समर्थकमा कांग्रेसका अन्य सांसद गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजन केसी, अम्बिका बस्नेत, सपना राजभण्डारी तथा रास्वपाका सांसद शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुली छन् ।

चक्रपथको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पार्ने भनेको एक वर्ष बित्दा पनि चिनियाँ कम्पनीले पूरा गर्न सकेको छैन । दुई महिनाभित्र डीपीआर तयार पार्ने भन्दै ०७९ फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । टोलीले अध्ययन गरेर गए पनि रिपोर्ट अहिलेसम्म दिएको छैन । मन्त्रालयले त्यतिबेलै दुई महिनाभित्र डीपीआर सकिने दाबी गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चीनसँग सम्झौता गर्ने अन्तिम तयारीमा रहेको दाबी गरे । ‘यही असारमा अर्थमन्त्री वर्षमान पुनसहितको टोली चीन भ्रमणमा जाने बुझिएको छ,’ उनले भने, ‘त्यो बेला यसले अन्तिम रूप लिनेछ ।’ सुरुमा पूर्वतयारीको काम ढिलाइ भएर चिनियाँ टोली आउन आनाकानी गरेका भए पनि अहिले त्यो समस्या नरहेको उनले सुनाए । पहिलो खण्ड कोटेश्वर–कलंकीको ठेक्का पूर्वतयारी बिनै गर्दा निर्माणमा ढिलाइ भएको थियो । त्यही अनुसार चिनियाँ टोलीले पूर्वतयारीको काम पहिलो सर्तमा राखेको हो । तर, पूर्वतयारीको काम थालेकै तीन वर्षभन्दा बढी भइसकेको छ । कलंकीदेखि बसुन्धरासम्म जथाभावी भत्काइएको सडकले ट्राफिक जाम बढेको छ । सवारीसाधन गुड्ने मुख्य सडक साँघुरिएको छ ।

चीनकै सहुलियत ऋणमा चक्रपथ पहिलो खण्ड ९कोटेश्वर–कलंकी सडक० आठ लेनमा विस्तार गरिएको हो । जसको दूरी १०।३९ किलोमिटर छ । पहिलो खण्डको काम पनि निर्माण थालेको ७ वर्षमा पूरा भएको थियो । दोस्रो खण्डको विस्तार पनि चीनको सहुलियत ऋणमा गर्न लागिएको हो । चिनियाँ टोलीले पूर्वतयारी सकेपछि आउने जनाए हालसम्म नेपाल आएको छैन । नेपाल सरकारले सुरुमा पूर्वतयारीको काम नसक्दा चीनको टोली आउन मानेको थिएन । बीचमा कोभिड–१९ का कारण आयोजनाले गति लिन सकेन ।

चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने भनिएको थियो । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म मात्र विस्तारको काम गर्नेछ, जसको दूरी ८।२ किमि छ । नेपाल सरकारले दोस्रो चरणमै कलंकीदेखि धोबीखोला ९चाबहिल० सम्म निर्माण गर्न माग गरेको थियो । चीनले भने यसलाई तेस्रो खण्डमा काम गर्ने उल्लेख गर्दै आएको छ । कलंकीदेखि–धोबीखोला ९गोपीकृष्ण हलनजिकको पुल० सम्मको दूरी ११।६ किमि छ । कलंकीदेखि सीतापाइलासम्म अहिले चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब आठ लेनमा विस्तार गर्न लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu