ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रालय फुटाएर सुदूरपश्चिममा बिनाविभागीय ५ मन्त्रीलाई जिम्मेवारी तोकिँदै


एबीसी न्यूज
१६ असार २०८१, आइतबार   १ : ३३   बजे

काठमाडौं १६ असार । सुदूरपश्चिम प्रदेश सरकारमा बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्ने तयारी भइरहेको छ।

तीन मन्त्रालय फुटाएर ५ जना बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन लागिएको हो।   एक मन्त्रीका अनुसार, भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर जिम्मेवारी दिने अन्तिम तयारी भएको छ।

 

‘अहिले पदभार ग्रहण कार्यक्रम राखिएको छ। हामी मुख्यमन्त्री कार्यालयमा छौँ,’ ती मन्त्रीले भने। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका हीरा सार्कीलाई दिने तयारी छ।

भौतिक पूर्वाधार फुटाएर बनाइएको मन्त्रालयमा नेकपा ९माओवादी केन्द्र०का अक्कल रावललाई जलस्रोत तथा सहरी र नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ।

सामाजिक विकास मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाटलाई स्वास्थ्य, महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइँदै छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा ९एमाले०का वीरबहादुर थापालाई वन तथा सहकारी र नेकपा ९एकीकृत समाजवादी०का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्रीको जिम्मेवारी दिइँदैछ।

२८ जेठमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ३(३ र नेकपा एकीकृत समाजवादीबाट १ मन्त्री नियुक्ति गर्दै सरकार विस्तार गरेका थिए।

तर तीमध्ये ५ जना मन्त्रीको विभाग तोकिएको थिएन। मन्त्री नियुक्त भएको तीन साता पुग्नै लाग्दा उनीहरूले जिम्मेवारी पाउन लागेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

एमालेले ओलीलाई हटाउने योजना नरहेको महासचिव पोखरेलको स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu