ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तथ्याङ्कले नीति निर्माणमा सहज


एबीसी न्यूज
१६ असार २०८१, आइतबार   १ : ५७   बजे

काठमाडौं १६ असार । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा योजना निर्माणमा तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय, कानुन सङ्कायद्वारा आयोजित ‘कोशी प्रदेशमा निर्मित कानुनहरुको अध्ययन तथा समीक्षा तथा तथ्याङ्क व्यवस्था ऐन एवम् नियमावली मस्यौदा सुझाव सङ्कलन’ प्रदेशस्तरीय गोष्ठीको उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले दोस्रो अवधिक योजना निर्माण गर्ने क्रममा प्रदेशस्तरीय तथ्याङ्क कार्यालय नभएको अवस्थामा योजना निर्माण निकै सकस भएको चर्चा गर्दै तथ्याङ्क बलियो भएमा काम गर्न सहज हुने कुरामा जोड दिनुभयो । कानुन निर्माणको विषय निकै फराकिलो हो भन्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत र जनशक्तिको अभावमा पनि प्रदेश सरकारले आवश्यकताअनुसारको कानुन निर्माण गरेको स्पष्ट पार्नुभयो ।

उहाँले प्रदेश सरकारले ६० वटा कानुन र २४ वटा नियमावली निर्माण गर्न सफल भएको अवस्थामा यो कानुनमा के कमी छ र यसलाई कसरी समृद्ध बनाउन सकिन्छ हेतुले पूर्वाञ्चल विश्वविद्यालयलाई सबै कानुनहरुको समीक्षा गरी सुझाव लिन प्रदेश सरकारले सम्झौता गरेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “दण्ड र जरिवाना नभएको कानुनलाई अधिवक्ताहरुले कानुन नै छैन भन्ने र प्रदेश संरचनाप्रति नकारात्मक छन् ।”

सङ्घीय सरकारको अङ्कुशका कारण धेरै कानुन निर्माण गर्न नसकेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । सङ्घको प्रदेश समन्वय परिषद्का कारण प्रदेश सरकारलाई धेरै समस्या उत्पन्न भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले सस्तो लोकप्रियताका लागि वितरणमुखी चरित्रले झन समस्या देखिएको कुरामा जोड दिनुभयो । सङ्घीयता सही अर्थमा लागू भएमा सङ्घमा धेरै मन्त्रालयको आवश्यकता नपर्ने भन्दै मुख्यमन्त्री कार्कीले आजको समीक्षाले आगामी दिनमा कानुन निर्माणका विषयमा प्रदेश सरकारलाई कोसेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णु पौडेलले प्रदेशमा निर्माण भएका कार्यक्रमले कानुन निर्माणमा सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो । कोशी प्रदेश तथ्याङ्क व्यवस्था ऐन मस्यौदा सम्बन्धमा वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की र अधिवक्ता विकास थापा तथा प्रदेश तहमा निर्मित कानुनहरुको अध्ययन तथा समीक्षा सम्बन्धमा पूर्वाञ्चल विश्वविद्यालय, कानुन सङ्कायका डा।रुद्र शर्माले प्रतिवेदन प्रस्तुतीकरण गर्नुभएको थियो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशस्तरका सबै मन्त्रालयका सचिव, विषयगत समितिका सभापतिहरु, मुख्य न्यायाधिवक्ता, कानुन व्यवसायीको सहभागिता थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu