ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री मुकुल ढकालको माग


एबीसी न्यूज
१६ असार २०८१, आइतबार   २ : २१   बजे

काठमाडौं १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भित्र विवाद बढ्दै जाँदा महामन्त्री डा। मुकुल ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्।

सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बुधबार बोलाएका छन्। उक्त बैठकमा महामन्त्रीले बुझाएको समीक्षायात्राको प्रतिवेदनमा छलफल गर्ने कार्यक्रम छ। उक्त छलफल प्रत्यक्ष प्रसारण गर्नका लागि सभापतिलाई आग्रह गरेको डा। ढकालले जानकारी दिए। तर, बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ नआइसकेको उनको भनाइ छ।

डा ढकालले भने, ‘बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नका लागि सभापतिलाई आग्रह गरेको छु। हाम्रो अडिट जनताले गरून्। बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइसकेको छैन।’

 

यसअघि उनले आफूले बुझाएको समीक्षायात्राको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका थिए। उनले पार्टीभित्र आफूमाथि घृणित राजनीति भएको पनि गुनासो गरेका छन्। उनको यस अभिव्यक्तिलाई लिएर सभापति लामिछाने र उनी समर्थक पंक्ति रुष्ट देखिएको छ।

रास्वपाको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधिसकेको छ।

यसअघि महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफ्नो देशव्यापी समीक्षा यात्राको प्रतिवेदन बुझाउने क्रममा पत्र लेख्दै उक्त प्रतिवेदन आफूमा मात्र सीमित नराखी जस्ताको त्यस्तै सार्वजनिक गर्न आग्रह गरेका थिए। उक्त प्रतिवेदन सार्वजनिक नगरे आफूमाथि पार्टीले गरेको अन्याय हुने उनको तर्क थियो।

‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ, मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो,’ उनले पत्रमा लेखेका थिए, ‘मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ । मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११।३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्।’

इलामको उपनिर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेपछि रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गते देशव्यापी यात्रामा पठाएको थियो। असार ५ गते उनी काठमाडौँ आइपुगेका थिए।

यस क्रममा उनले ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरेको प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले प्रतिवेदन गत बुधबार सभापति लामिछानेलाई बुझाएका थिए।

उक्त प्रतिवेदन बुझाएपछि उनले आफूलाई महामन्त्रीबाट हटाइन पनि सक्ने शंका व्यक्त गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group