ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न सांसदको माग


एबीसी न्यूज
१७ असार २०८१, सोमबार   १२ : ४०   बजे

काठमाडौं १७ असार । प्रतिनिधि सभा सदस्य शान्ति बिकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमबवारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद बिकले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं। १२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गर्नुभएको हो ।

उहाँले विद्यालय जस्तो पवित्र स्थलमा समेत बालिकाहरु सुरक्षित हुन नसकेका भन्दै कडा कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घट्ना नदोहोरिनका लागि सरकारले कडा कदम चाल्नुपर्ने बताउनुभयो ।

‘‘खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीस्थित ज्योति मा।वि। पढ्ने १३ वर्षीय बालिका आफू सुरक्षित भएको महशुस गर्न पाइन् त रु आफ्नै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेजस्तोको गिद्धे नजर स्कुलजस्तो पवित्र थलोमा, शिक्षा क्षेत्रमा बालिकाहरु असुरक्षित छन् भन्ने कुराको आधार प्रमाणित हो ।,’’ सांसद बिकले भन्नुभयो, ‘‘कहिलेसम्म विद्यालय, घर, अफिसलगायत कुनैपनि क्षेत्रमा म सुरक्षित छु भन्ने त्रास मनमा बोकेर कुदृष्टिको मनोविज्ञानको चुनौतीको अगाडी पितृ सत्तात्मक सोचले गर्दा, महिला बालबालिकाको सुरक्षामा ध्यान नराख्दा, कडा कानूनको प्रावधानहरुको कमी वा कार्यान्वयनमा कमजोरी हुँदा यस्तो गम्भीर अपराधले ठाउँ पाइराखेको छ । यस्तो घटना घटाउने अपराधीलाई कठोर कानुनी कारबाहीको लागि सरकारसँग माग गर्छु । यस्तो जघन्य अपराध गर्ने शिक्षकलाई आजिवन जेल सजाय वा जरिवाना, आजिवन शिक्षण पेशाबाट प्रतिवन्ध लगाउनुपर्छ । पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घटना नदोहोरिनका लागि सरकारले कडा कदम चालोस् ।’’
यसैगरी, अर्का सांसद विनिता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदंगा गरेर अशान्ती मच्चाएका भन्दै कानुनी दायरामा ल्याउन माग गर्नुभयो । प्रतिष्ठान घेराउ गर्ने तथा अमर्यादित काम गर्ने गरिएको भन्दै कांग्रेस नेताहरुकै संलग्नतामा अस्पतालको भविष्य धरापमा पारिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘युवा र विद्यार्थी देखाएर स्वयं कांग्रेस पार्टीका जुम्ला जिल्ला सचिवको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानको शान्त वातावरण धमिल्याउन खोज्नु र अशान्ति मच्चाउनु कानुन विपरित कदम हो । यसलाई तत्काल कानुनी दायरामा ल्याउन र सेवामा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीहरुको सुरक्षा प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

उहाँले स्वास्थ्यकर्मी र कर्मचारीहरुको सुरक्षा प्रत्याभुति गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu