ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्गता भएका व्यक्तिको जीवन सहजताका लागि सहयोग


एबीसी न्यूज
१७ असार २०८१, सोमबार   १२ : ४३   बजे

काठमाडौं १७ असार । काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने अपाङ्गता भएका २५ जना व्यक्तिलाई ह्वील चेयर, ११ जनालाई सामाजिक विकास विभागले कमोट चेयरसहित सहायता सामग्री, खेल, खेलौनाजस्ता सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ । वडाबाट सिफारिस भएका सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि विभागले सामग्री उपलब्ध गराएको हो ।

यसरी प्रदान गरिएका सहायक सामग्रीमा वाकर, सेतो छडी, कमरपेटी छन् भने खेल सामग्रीमा फुटबल, क्यारिम बोर्ड, ब्याटमिन्टन, बास्केट बल, स्टीलको लठ्ठी, सानो, मध्यम र ठूला साइजका डाइपर, इलेक्ट्रिक हट ब्याग, पुतलीहरु, रेजिस्ट्याण्ड ब्याण्ड, ह्याण्ड बल, क्रिकेट बल र ब्याट, खेल खेल्ने रिङ्, टेडी बियर, रबरको घोडा छन् । यसरी प्रदान गरिएका सामग्री अपाङ्गता भएका व्यक्तिहरुलाई खेल्न तथा थेरापीका लागि हुन् ।

 

सामग्री वितरण हुनुअघि उहाँहरुलाई सामग्री प्रयोग गरेर जीवनलाई सरल बनाउने विधि सिकाइएको थियो । कार्यक्रममा बोल्नुहुँदै कार्यपालिका सदस्य महेश नेपालीले भन्नुभयो, ‘‘अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, सुरक्षा, सम्मान र सहज जीवन यापनका लागि महानगरपालिकाले कार्यक्रम बढाउँदै लैजानेछ । सम्भव भएसम्म सामान्य जीवन बनाउन सहयोग गर्नेछ ।’’

सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि यसरी सामग्री बाँडिएको यो पहिलो पटक हो । कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख बिमला कोइरालाले भन्नुभयो, ‘‘फिजियोथेरापीसहितको सहयोग कार्यक्रम सञ्चालन गर्ने अबको योजना हो । जसले जस्तो खालको सहयोग माग गर्नुहुन्छ । उहाँहरुलाई वडाको सिफारिसमा त्यस्तै सहयोग उपलब्ध गराउनेछौँ ।’’ विभागले आउँदो बर्ष राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा सामग्री वितरण गर्दै जाने योजना बनाएको छ ।

 

अपाङ्गता भएका व्यक्तिहरुलाई लागत सहभागिता गराउँदा उहाँहरु सामग्री लिन अस्वीकार गर्नुहुन्छ । कोषका अध्यक्ष डेकराज भट्टराईले भन्नुभयो, ‘महानगरपालिकाको सहयोगबाट आउँदो वर्ष कोषले यस्ता सामग्री उत्पादन र वितरण गर्नेछ ।’’

यस्ता सामग्री बिग्रिए भने मर्मत गर्नका लागि बालाजु स्कूल अफ इञ्जिनियरिङ् एण्ड टेक्नोलोजीका मेकानिकल शाखा प्रमुख कुलप्रसाद तिमिल्सिनाले महानगरपालिकासँगको सहकार्यका बारेमा उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group