ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा–ओलीको भेटले सत्ता समीकरण उलटफेर हुँदैन- माओवादी सांसद सापकोटा


एबीसी न्यूज
१७ असार २०८१, सोमबार   २ : ०५   बजे

काठमाडौं १७ असार । नेकपा माओवादी केन्द्र का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरूबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने दाबी गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा९एमाले०का शीर्ष नेताहरूको भेट हुनासाथ सत्ता समीकरणउलटफेर नहुने बताएका हुन्।

सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने जिकिर गरे।

 

‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ। एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुँदा वित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरू हामीले पढ्न पाउछौँ,’ उनले भने, ‘मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुईजना नेताहरू बस्न बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने।

सत्ताको समीकरण नै बदलिने त्यस्तो परिस्थितिका रुपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ। यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन। त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन। तरपनि राजनीतिक दलका नेताहरुका बीचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो।’

सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउनुपर्नेमा सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu