ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच नक्कली कम्पनी सञ्चालन गरी ३२ सय केजी सुन तस्करी, १२ जना पक्राउ


एबीसी न्यूज
१७ असार २०८१, सोमबार   ३ : २१   बजे

काठमाडौं १७ असार । नेपाल प्रहरीले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा।लि।बाट एक हजार तीन सय तीन दशमलव ९६५ केजी, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा।लि।बाट ६३२।७९५ केजी, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रा।लि।बाट ७१६।८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिबाट १७०।८ र रेडि ट्रेड प्रालिबाट ७।५ केजी सुन पैठारी भएको बताएको हो ।

सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ । प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले कम्पनीमार्फत कुल दुई हजार ८३१।८९ केजी सुन र कुल परिणाम २७ अर्ब ३२ करोड २० लाख ७४ हजार ७२० रुपियाँ हुन जाने बताउनुभयो ।

त्यस्तै ब्रेक सुजमा लुकाई छिपाई ल्याएको अवैध सुन ३६२।७७८ केजी, इलेकट्रोनिक मालवस्तुमा लुकाई छिपाई ल्याएको अवैध सुन २८ सय ३१।८९ केजी गरी कुल अवैध सुन तीन हजार १९४।६६८ केजी र जसको मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपियाँ बराबर रहेको उहाँले बताउनुभयो ।

पक्राउ पर्नेमा अवैध सुन खरिद गर्ने, गाल्ने पगाल्ने तथा बिक्री वितरणमा संलग्न भारतको महाराष्ट्रका २० वर्षीय सिद्धनाथ अशोक, सोही स्थानका वर्ष २१ का धिरज दिनेश भोईटे, सोही स्थानका वर्ष २१ कै प्रशान्त गणेश बजबलकर, स्थायी ठेगाना चीन सिचुआन प्रदेश छेदुङ भई हाल काठमाडौँ बस्ने वर्ष ४१ का राजु भोटो तथा कुंगा टासी भन्ने गेंगा जाक्छी, जिल्ला काभ्रेपलाञ्चोकका वर्ष ४४ का थर्कमान तामाङ भन्ने कान्छा लामा, पर्सा वीरगन्ज महानगरपालिका १६ का वर्ष ५३ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका वर्ष ३९ का राजु खत्री, धादिङका राजु थापा भन्ने प्रेमनाथ सेढाईं पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पक्राउ पर्नेमा भारतको गुजरातका वर्ष ६१ का बैजनाथ ब्रह्मदत्त गोयल, चीन तिब्बत स्थायी वतन भई भारतमा तिब्बतीयन शरणार्थीको रूपमा रही हाल बौद्ध बस्ने वर्ष ३६ का सोनाम गुरुङ भन्ने सेराव ग्याल्मो, चितवनका वर्ष ४३ का एनजे भन्ने मनोजकाजी श्रेष्ठ, काभ्रेपलान्चोक भुल्मु १ का वर्ष २२ का रूपक भण्डारीलाई पक्राउ गरिएको छ ।

उनीहरूलाई भन्सार ऐन, २०६४, सङ्गठित अपराध निवारण ऐन, २०७०, मुलुकी अपराध संहिता, २०७, नागरिकता ऐन, २०२०, राहदनी ऐन, २०२४ र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ आकर्षित हुने प्रहरीले बताएको छ । अवैध सुन कारोबारमा प्रत्यक्ष संलग्न १२ जनालाई दुई खर्ब ६६ अर्ब ६७ करोड नौ लाख नौ हजार ३०८ रुपियाँ बिगो मागदाबी गरिएको छ । भन्सार ऐन ९अवैध सुन० तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४०।९० रुपियाँ, क्रिप्टो करेन्सीतर्फ एक खर्ब ४९ अर्ब ६८ लाख २८ करोड सात हजार ८८६ रुपियाँ, नेपाल राष्ट्र बैङ्क ऐनतर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२।७६ बिगो मागदाबी छ ।

त्यस्तै पेवेल नेपाल प्रा।लि। ६१ अर्ब ५० करोड २७ लाख नौ हजार २३३, सजिलो पे पेमेण्ट सर्भिसेज प्रा।लि।तर्फ १९ अर्ब ४६ करोड २५ लाख ७३ ७८५ र अन्य प्रतिवादीहरूबाट पाँच अर्ब १८ करोड १५ लाख ९१ ९६४।७६ बिगो माग दाबी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group