ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक राजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न माग


एबीसी न्यूज
१७ असार २०८१, सोमबार   ४ : ३६   बजे

काठमाडौं १७ असार । व्यवसायीहरूले वैदेशिक राजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका छन्।

सोमवार नेपाल वैदेशीक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित ३० औं वार्षिक साधरण सभामा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संघका अध्यक्ष भण्डारीले सरकारसँग यस्तो माग राखेका हुन्।

उनीहरूले व्यवसायीहरूले निःशुल्क रुपमा कुनैपनि व्यवसाय नगर्ने भएकाले सरकारले व्यवसायमा सेवा शुल्क निर्धारण गर्नुपर्ने बताए।

 

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले वैदेशिक रोजगार व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए।

उनले वैदेशिक रोजगार व्यवसाय मर्यादित,व्यवस्थित र पारदर्शी बनाउन जरुरी रहेको उल्लेख गरे।

अध्यक्ष ढकालले वैदेशिक रोजगार व्यवसाय मर्यादित,व्यवस्थित र पारदर्शी बनाउनसके मात्रै व्यवसाय लाइनमा आउनसक्ने जानकारी दिए।

उनले पछिल्लो समय १२ खर्ब बढी मुलुकमा रेमिट्यान्स भित्रिनुको श्रेय वैदेशिक रोजगार व्यवसायलाई दिनुपर्ने बताए।

अध्यक्ष ढकालले वैदेशिक रोगजार व्यवसायी कम्पनीहरूले सेवा शुल्क लागू नभए व्यवसाय पारदर्शी हुन नसक्ने उल्लेख गरे। उनले वैदेशिक रोजगार क्षेत्रका सबै कुराहरूलाई रेगुलेट गर्नको लागि सरकारले सेवा शुल्क तोक्न आवश्यक रहेको बताए।

उनले भने,‘ वैदेशिक रोगजार व्यवसायी कम्पनीहरूले सेवा शुल्क लिन पाएनन् भने पारदर्शी हुँदैन। वैदेशिक रोजगार क्षेत्रका सबै कुराहरूलाई रेगुलेट गर्नको लागि सरकारले सेवा शुल्क तोकिएन भने नारामा मात्रै सिमित हुने छ। पछिल्लो समय बजारमा वैदेशीक व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ।’

उनले सरकारले धेरै नयाँ ठाउँहरूमा रोजगारीका गन्तव्यहरू खुला गरेको भनिए पनि निजी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी संघले गरेको दाबी गरे।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सरकारको स्पष्ट नीति नभएकाले नीति अनरुप पाउन नसकिएको बताए।

उनले सरकारले फ्रि भिसा,फ्रि टिकटको नारा र नीति लिएपनि त्यो अनुरुप वैदेशिक रोजगारीमा पठाउन नसकिएको बताए।

उनले सरकारले फ्रि भिसा,फ्रि टिकटको नीति हचुवाको भरमा बनाएको दाबी गरे। उनले फ्रि भिसा, फ्रि टिकटको नीतिलाई श्रमिकको हितमा राखेर नीति बनाउन आवश्यक रहेको बताए।

अध्यक्ष भण्डारीले वैदेशिक रोजगार व्यवसायीको लागि सरकारले सेवा शुल्क निर्धारण गर्न आवश्यक रहेको बताए।

उनले सरकारले देशिक रोजगार व्यवसायीको लागि सरकारले सेवा शुल्क निर्धारण गर्दा व्यवसाय पारदर्शी र मर्यादित हुने बताए।

मागपत्र प्रमाणिकरण नगर्दा बेथिति मौलाएको भण्डारीले दाबी गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group