ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु – शिक्षामन्त्री श्रेष्ठ


एबीसी न्यूज
१७ असार २०८१, सोमबार   ४ : ३८   बजे

काठमाडौं १७ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छिन्।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन्।

उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भएपनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने पनि उल्लेख गरिन्। साथै, उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्र्तवार्ता प्रहरी राखेर गर्नुपरेको पनि बताइन्।

 

‘टियूमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो। त्यो विज्ञापन गर्न पाइदैनँ भनेर फेरी अर्को एउटा समुह उठेछ र तालाबन्दी गरेछ। धम्की दिएछ। प्रहरीहरू राखेर अन्तर्वार्ता गर्नुपर्ने। प्रहरीहरू राखेर गर्नुपर्ने काम छ। यसमा सबैले म म गर्नुपर्ला। त्यो भ्रातृ संगठनहरु कुन राजनीतिक दलको हो भनेर,’ उनले भनिन्, ‘शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप।

गुण्डागर्दीहरूको राजनीतिक हस्तक्षेप हुँदैनरु त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन। तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु। तर गुन्डागर्दी सहिन्न। र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो। जसरी भएपनि छोड्ने हो।’

मन्त्री श्रेष्ठले एसईई परिक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन्। उनले एसईईमा विद्यार्थी अनुत्तिर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको जिकिर गरिन्।

‘एसईईको नतिजामा शिक्षा मन्त्रालयले मात्रै होइन सिङ्गो समाजले आक्रोशित हुनुपर्छ। ग्लानी महसुस गर्नुपर्छ र सोध्नुपर्छ। म म गर्नुपर्छ। मैले गर्ने काम मैले के गरेको छ कि छैन भनेर। किनभने १० कक्षाको नतिजा अहिले मात्रै आएको होरु दश वर्ष अगाडी त त्यो बच्चा १ कक्षामा थियो। त्यो भन्दा अगाडी इसिडिमा थियो। त्यो बेलादेखि हामीले गरेको लगानी, हामीले कत्तिको यसमा एफोर्ट लगाएका छौँ भन्ने,’ उनले भनिन्, ‘यो विद्यार्थीहरू फेल भएको भन्दापनि यो हाम्रो चित्रण हो भनेर मलाई लाग्छ।

अर्को वर्ष यसको प्रतिशत कति हुन्छ भन्दापनि यसमा अब हामीले गर्नुपर्ने सुधारका कामहरु के–के हुन्रु यसमा हामीले ध्यान दिनुपर्छ। कार्यविधिहरू छन्। त्यसको कार्यान्वयमा हामी हरेक तहबाट के गर्न सक्छौँरु सरकारलाई कुरेर मात्रै हुँदैन। सबै जनाको दायित्व हो। स्कुलमा फोन गरेर हुन्छ, निर्वाचन क्षेत्रको अनुगमन गरेर हुन्छ, त्यसमा शिक्षकहरुलाई कक्षकोठामै राख्नुप¥यो। संरचनागत सुधारका काम गर्नुपर्छ। शिक्षामा सदैव गुणस्तरका लागि खबरदारी गर्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group