ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले एकातिर तुरूप फालेर अर्कोतिर संवाद गरेछन्- प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
१८ असार २०८१, मंगलबार   १२ : २०   बजे

काठमाडौं १८ असार । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक आफूलाई ढाँटेको ब्रिफिङ गरेका छन्।

मंगलबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले एकातिर तुरूप फालेर अर्कोतिर संवाद गरिरहेको भन्दै त्यसलाई षड्यन्त्र गरेको सुनाए।

‘तुरुप एउटा फाल्ने, काम अर्को गर्ने जो भएको छ, त्यो षड्यन्त्र हो,’ प्रधानमन्त्री प्रचण्डको भनाई उदृत गर्दै माओवादी सचिव देवेन्द्र पौडेलले बताए।

 

उनका अनुसार ओलीको यो षड्यन्त्रलाई पार्टीले प्रतिवाद गर्ने निर्णय पनि भएको छ।

सोमबार बिहान तीन घण्टाभन्दा बढी प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो। सो भेटघाटका क्रममा ओलीले यही गठबन्धनलाई निरन्तरता दिएर जाने र कांग्रेससँग कुनै सहमति नभएको स्पष्टीकरण दिएका थिए।

‘यदी सहमति हो भने जस्ताको तस्तै भन्नुस् भन्दा पनि दुई दिनसम्म लगातार उहाँले केहीपनि भएको छैन भनेर भन्नुभयो,’ पौडेलले भने, ‘हामी धेरै पछिसम्म मिलेर जाने भन्नुभएको थियो। राति जे सहमति भयो, त्यसले एक प्रकारको राजनीतिमा एकाथिर एउटा र अर्कोतिर अर्कोथरी भन्ने गरेको देखियो।’

त्यस्तै मंगलबार बिहान प्रचण्डलाई भेटेर ओलीले राष्ट्रिय सहमतिको सरकार बनाएर जान आग्रह गरेका थिए।

सो बारेमा पनि प्रचण्डले बैठकमा ब्रिफिङ गरे।

‘एकातिर एउटा सहमति गर्ने र अर्कोतिर बिहानै आएर राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग मिलौँ भनेर हुन्छ ररु,’ उनले भने।

माओवादीकै अर्का सचिव दिननाथ शर्माले पनि ओलीबाट आफूलाई पटक पटक ढाँट्ने काम भएको ब्रिफिmङ प्रचण्डले गरेका थिए।

उनका अनुसार वामपन्थी फुटाउनेगरी बाह्य शक्ति लागेको पनि प्रचण्डले सुनाएका थिए। ‘वामपन्थी फुटाउने खेलमा बाह्य शक्ति पनि लागेको देखियो,’ प्रचण्डको भनाइ उदृत गर्दै शर्माले भने, ‘यतातिर हामी नै हो, हामीनै मिलेर जाने हो, अहिले पार्टी एकताको कुरा गर्दा प्रोभोकेटिभ हुन्छ।’

सरकालाई नै निरन्तरता दिने भन्नेगरी प्रचण्डले सरकारका काम राम्रो बनाउन मंगलबार पनि भनेको उनले बताए।

‘हिजो सरकारका काम राम्रो बनाउने भनेर प्रचण्डलाई मख्ख बनाएर गएछन्,’ सचिव शर्माले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group