ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले राजीनामा नदिने, संसदमा विश्वासको मत लिने


एबीसी न्यूज
१८ असार २०८१, मंगलबार   १२ : ५१   बजे

काठमाडौं १८ असार । नेकपा माओवादी केन्द्र को पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने निर्णय गरेको छ ।

बालुवाटारमा मङ्गलबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको रुपमा तयार रहने । एक महिना बाँकी रहन्छ, यसका लागि तयार रहने । रातारात भएकाको जुन सहमति छ यो स्वाभाविक छैन । कसरी भयो रु किन भयो रु अब खासगरी प्रधानमन्त्रीसँग पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले एकथरी कुरा गर्नुभयो, बेलुका अर्कोथरी कुरा गर्नुभयो ।”

उहाँले सरकार लामो समयसम्म मिलेर जाने भन्ने कुरा चलिरहेको अवस्थामा संसद्को गणित फेर्ने र विश्वासको मत लिने गरी अगाडि बढ्ने बताउनुभयो ।

यसैगरी, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले सत्ता समीकरणमा भएका दलहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो ।

सापकोटाले भन्नुभयो, “जुन संविधान संशोधनको कुरा आएको छ, यो अग्रगमनभन्दा पश्चगमनतिरको यात्रा उन्मुख भएको जस्तो लाग्छ र संविधानको राम्रो अभ्यास गर्न पाइएको छैन । नयाँ मूल्य, मान्यता पनि त्यहाँ समावेश गरिएको छ । संविधानमा प्रश्न उठाउने कुरामा कहीं न कहीं रहस्य छ भन्ने लाग्छ । सङ्घीयता, समानुपातिकको सवालमा यी त्यति स्वाभाविक र प्राकृतिक लागिरहेको छैन । सबैसित छलफल गर्दैनौं । समीकरणका पार्टीहरुसित राष्ट्रिय जनजीवनका विविध पक्षसँग छलफल गरेर निष्कर्षमा पुग्छौं ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu