ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई राजीनामा दिने वा विश्वासको मत लिने दुवै सुविधा छ- विश्वप्रकाश शर्मा


एबीसी न्यूज
१९ असार २०८१, बुधबार   ११ : ५८   बजे

काठमाडौं १९ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने वा विश्वासको मत लिन सक्ने अवस्था रहेको बताएका छन् । बुधवार पार्टी बैठकमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै शर्माले साँझसम्म एमालेले सरलाई दिएको समर्थन फिर्ता लिने बताए ।

उनले भने– ‘एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्रीलाई दुई वटा विकल्प छ । एउटा छोडेर निकास दिने विकल्प छ । समर्थन फिर्ता लिँदैमा छोड्नै पर्छ भनेर संविधानले भनेको छैन । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिन पनि पाउनुहुन्छ । उहाँले जुन विकल्प रोज्दा पनि नयाँ कोर्समा राजनीति बढ्दैछ । यसमा चुनौती पनि छ, यसमा एकताबद्ध भएर हामी सामना गर्नेछौँ ।’

उनले संविधान सशोधनको कुरा आए पनि संशोधन गर्न चुनौती रहेको बताए । कांग्रेस र एमालेको अङ्कले मात्र नपुग्ने र दुई तिहाइ १८१ सिटका लागि अरू दललाई पनि सहमतिमा ल्याउनुपर्ने चुनौती रहेको उनको भनाई छ ।

उनले भने– ‘४ महिनामै सरकार बदलिने सुखद हैन तर परिस्थितिको माग भयो । आम नागरिकमा पनि दुइटा ठुला पार्टी मिलेर स्थिरता दिउन्, आर्थिक सङ्कटको सामना गरुन्, संविधानमा जे जस्तो कमजोरी छ, नागरिकको भावना बमोजिम त्यसको संशोधन गरौँ आम रूपमा रहेको अपेक्षालाई पूरा गर्न खोजेको हो ।’

७ बुँदामा जे सहमति भएको छ त्यो भन्दा बढी कुरा पनि बाहिर आएको उनले बताए । संविधान संशोधनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा समिति गठन गर्ने भन्ने सम्झौतामा नभएको पनि स्पष्ट पारेका छन् ।

उनले गृहमन्त्रीले चाहेमा साँझसम्म वा विश्वासको मत लिने भए एक महिनासम्म अझै भ्रष्टाचारका फाइल खोल्न कसैले रोक्न नसक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group