ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको पार्टी होइन भनेर तयार गरेको लिखित प्रस्ताव सभापतिले पेस गर्न दिएनन्- मुकुल ढकाल


एबीसी न्यूज
१९ असार २०८१, बुधबार   १ : ०७   बजे

काठमाडौं १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का महामन्त्री मुकुल ढकालले आफूले केन्द्रीय समिति बैठकका लागि तयार पारेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गर्न नदिएको दाबी गरेका छन्।

पार्टी बैठक लाइभ गर्ने उनको प्रस्ताव अस्वीकार भएपछि मुखमा कालो टेप बाँधेर पुगेका ढकालले आफ्नो प्रस्तावमा पार्टीलाई रविको नभइ राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरेको बताएका छन्।

‘प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ,’ ढकालले भने, ‘लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन।’

 

साथै, उनले पछिल्लो केही घटनाक्रमकाबारेमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव राख्ने अनुमति सभापति लामिछानेले नदिएको बताए।

‘हिजोको पार्टी सचिवालय बैठकको निर्णय बमोजिम , समीक्षा प्रतिवेदनका आधारमा प्रस्ताव तयार पारेको थिए। र समीक्षा प्रतिवेदन पछीका सन्दर्भमा आफ्ना भनाइ राख्ने अनुमति दिने सचिवालयले निर्णय गरेको थियो तर आज मलाई बोल्न त दिइएन,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu