काठमाडौं १४ फागुन । बहुप्रतिक्षित मन्त्रिपरिषदको विस्तारले आज पनि पूर्णता नपाउने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज एमालेबाट थप २ जना र माओवादी केन्द्रबाट २ जनाको मात्र सपथ ग्रहण हुनेछ ।
एमालेबाट महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडा र माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादवको मात्र सपथ हुने भएको छ । माओवादीबाट यस अघि नै अध्यक्ष प्रचण्डले पार्टीबाट मन्त्री हुने ७ जनाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाए पनि उपेन्द्र यादव पनि सरकारमा आउन सहमत भएपछि थप केही दिन लाग्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्