ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका मुख्यमन्त्री काठमाडौँमा, एमालेका मन्त्रीहरूले बुझाउन पाएनन् राजीनामा


एबीसी न्यूज
२१ असार २०८१, शुक्रबार   १ : ५७   बजे

काठमाडौं २१ असार । नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार संकटमा पर्ने भएपछि बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल काठमाडौँमा छन्।

संघीय सरकार अल्पमतमा परेसँगै जम्मकट्टेल पनि सरकार जोगाउने रणनीतिक छलफलका लागि संघीय राजधानी काठमाडौँ पुगेका हुन्।

जसकारण बागमतीमा नेतृत्व गर्दै आएका नेकपा एमालेका मन्त्रीहरूको राजीनामा प्रक्रिया प्रभावित हुने भएको छ।  शुक्रबार आज नै सरकारबाट बाहिरिने योजना बनाएको एमालेले मुख्यमन्त्री जम्मकट्टेल हेटौंडा नभएकै कारण राजीनामा दिन नपाएको बताएको छ।

खानेपानी उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठका अनुसार एमालेले आजै सरकारबाट राजीना दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपनि मुख्यमन्त्री नभएकै कारण केहीदिन कुर्नपर्ने भएको हो।

‘हाम्रो संसदीय दलका नेता जगन्नाथ थपलिया पनि काठमाडौँ नै हुनुहुन्छ। मुख्यमन्त्री ज्यू पनि काठमाडौँ हुनुहुन्छ रे,’ मन्त्री श्रेष्ठले नेपालखबरसँग भने, ‘राजीनामा त आजै बुझाउने तयारी गरेका हौं। तर मुख्यमन्त्रीलाई बुझाउन पर्ने राजीनामा, उहाँ नै हुनुहुन्न। २४ गते सोमबार हेटौंडा आइपुग्ने जानकारी दिनुभएको छ। सायद उहाँ आउनुभएपछि मात्रै सरकारबाट बाहिरिन्छौँ।’

साथै, छिटो छिटो गरेर हेटौंडा फर्कन आफूहरुले भनिरहेको पनि मन्त्री श्रेष्ठले बताए। राजनीतिक कामका लागि मुख्यमन्त्री काठमाडौँ रहेको बताइएको छ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेका ५ जना मन्त्री छन्। आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठ, स्वाथ्य मन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातारण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ छन्।

२० चैत २०८० मा मन्त्री नियुक्त भएका एमालेका मन्त्रीहरुले राजनीतिक सत्ता समीकरण बदलिएसँगै सरकारबाट बाहिरिन लागेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group