ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीका ५ राजमार्ग अवरुद्ध, ५ दिनदेखि हवाई सेवा पनि ठप्प


एबीसी न्यूज
२३ असार २०८१, आइतबार   १ : ०८   बजे

काठमाडौं २३ असार । शुक्रबारदेखि परेको वर्षाका कारण कर्णालीका पाँच राजमार्गका सड्क अवरुद्ध भएको छ भने हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ ।

प्रदेशमा रहेका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी कोरिडोरका सड्क खण्ड अवरुद्ध भएका हुन् ।

अविरल वर्षाका कारण कर्णाली राजमार्गमा चार, मध्य पहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदनभण्डारीमा एक र भेरी कोरिडोरका तीन ठाउँमा बाढीपहिरोका कारण सड्क अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वर्षा आइतबार बिहानसम्म पनि जारी रहेका कारण राजमार्गहरू सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

 

वर्षाकै कारण पछिल्लो पाँच दिनदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प छन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमिकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको प्रहरीले जनाएको छ ।

राजमार्गहरू अवरुद्ध भएपछि यात्रुहरू दुई दिनदेखि अलपत्र परेका छन् भने हवाई सेवा अवरुद्ध भएपछि बिरामी र जरुरी कामका लागि बाहिर जानेहरू पनि अलपत्र परेका छन् ।

वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको छ ।

त्यस्तै राप्ती राजमार्गको चोरखोला, सिमखोलीमा पहिरो खसेको छ । भेरी कोरिडोर अन्तर्गत छिन्चु जाजरकोट सड्क अन्तर्गत गुर्भाकोट नगरपालिका ३ मा पहिरोले सड्क अवरुद्ध भएको छ ।

त्यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका(६, रिजिगाड र त्रिपुरा सुन्दरी नगरपालिका(१ डोल्पाको छलगाडमा पानिको वहाव बढ्दा सड्क अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी विनोद शर्माले जानकारी दिए ।

कर्णाली राजमार्ग २ दिनदेखि सड्क अवरुद्ध हुँदा झन्डै २०० बढी सवारी साधन दैलेखको आठबीस नगरपालिका राकममा रोकिएको प्रहरीले जनाएको छ ।

एसपी शर्माका अनुसार अविरल वर्षाका कारण मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu