ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन- सांसद दाहाल


एबीसी न्यूज
२३ असार २०८१, आइतबार   २ : ०९   बजे

काठमाडौं २३ असार । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नआउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको बताए ।

संवैधानिक प्रावधान अनुसार एक महिना नकुरेर त्यसअगावै हुने गरी यही असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार नै अगाडि बढ्ने बताए ।

‘प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुहुन्छ । कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन । २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन यहाँहरूलाई आग्रह गर्छु,’ सांसद दाहालले भने ।

 

साथै प्रधानमन्त्रीलाई नैतिकताको पाठ नसिकाउन पनि उनको आग्रह छ । सांसद दाहालले अगाडि भने, ‘कोही अनैतिक र भ्रष्टले नैतिकताको पाठ सिकाइरहन पर्दैन ।’

नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका छन् । दुई ठूला दल मिलेर सरकार बनाउने सहमति भएसँगै दुवै दलको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय लिएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन सुझाएका छन् । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने सांसदहरूलाई माओवादी सांसद दाहालले यही असार २८ गतेसम्म पर्खिन भनेका हुन् ।

असार २८ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu