ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी र पहिरोले देशैभर २४ सडक ठप्प, १०१ वटा एकतर्फी हुँदा केहीमा ४० घण्टादेखि चलेनन् गाडी


एबीसी न्यूज
२३ असार २०८१, आइतबार   २ : २२   बजे

काठमाडौं २३ असार । शुक्रबारदेखिको भारी वर्षातले देशभर २४ वटा सडक अवरुद्ध भएका छन्।  सडक विभागका अनुसार २०१ वटा सडकमध्ये ७६ वटा सडक मात्रै पूर्ण रुपमा सञ्चालन भइरहेका हुन्।

विभागले १०१ सडक एकतर्फी रुपमा चालू रहेको जनाएको छ। केही सडक १७ दिनदेखि अवरुद्ध छन् भने अधिकांश सडक शनिबार र आइतबार बिहानदेखि बन्द भएका छन्।

 

अवरुद्ध हुने सडकमा जमुनाह–नेपालगन्ज–कोहलपुर– सुर्खेत सडकखण्डका २ ठाउँमा छ। कालिकोटको स्मोडमा १२ घण्टा अवरुद्ध भएको छ। कालिकोटकै टाकुल्ला स्थानमा आइतबार बिहानबाट बन्द भएको छ। कालिकोटको हुल्ममा शनिबारदेखि नै सडक बन्द छ।

सिन्धुपाल्चोकको कोदारीमा करिब ४० घण्टादेखि सडक रोकिएको सडक विभागले जनाएको छ।

 

मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुरमा जिल्लामा सडक अवरुद्ध भएको छ। सोही राजमार्गको डडेल्धुराअन्तर्गत अर्नाखोलीमा ७ घण्टादेखि बन्द छ। मध्यपहाडीकै सिन्धुली कुडुलेमा साढे ९ घण्टादेखि बन्द छ।

सिन्धुलीकै सुमनाम बेसीमा १० घण्टादेखि सडक आवागमन बन्द भएको छ। कान्तिराजपथ शनिबारदेखि नै पूर्ण रुपमा बन्द छ।

मुस्ताङको मार्फा खोलामा शनिबारबाटै सडक बन्द भएको छ। बाग्लुङको दब्ल्यांग भीरमा शुक्रबारबाट सडक रोकिएको छ। मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको काउटे मनेवा आइतबार बिहानैदेखि बन्द छ। म्यग्दीको सिरुबारीमा शुक्रबारबाट गाडी गुड्न पाएका छैनन्।

स्याङ्जाको रातोडाँडा बिसौनामा बिहीबारबाट सडक रोकिएको अहिलेसम्म खुलाउन सकेको छैन। असार १८ गतेबाट रोकिएको लमजुङको निमाङमा पहिरो जाँदा सडक बन्द भएको छ। संखुवासभाको समाटार १७ दिनदेखि बाटो बन्द छ।

राप्ती राजमार्गको सल्यानमा आइतबार बिहानदेखि सडक बन्द भएको छ। भेडेटार रबि राँके सडकमा पनि शनिबारबाट गाडी गुड्न पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group