ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस–एमालेको सम्झौता किन गुपचुप राखिएको- माओवादी सांसद सापकोटा


एबीसी न्यूज
२३ असार २०८१, आइतबार   २ : ४०   बजे

काठमाडौं २३ असार । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले गत असार १७ गते मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सम्झौता गोप्य राख्नु अपारदर्शी र अनैतिकत काम भएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले संसद्ले सुरुकै दिनदेखि नै लय बिराएको बताए।

‘उहाँहरूले यति अपारदर्शी प्रकारको सहमति गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ। हामीले यहाँ छलफल गरिरहँदा समेत दुई वटा दलका बीचमा के कस्ता सम्झौता भए बाहिर आएको छैन,’ उनले भने, ‘मध्यरातमा अमुक व्यक्तिका घरमा गरेको सम्झौताभित्र के छरु हामीले देख्न पाएका छैनौँ। यतिका दिनसम्म गुपचुप राख्नुपर्ने कुरा के भयले काम गरेको छरु सबैभन्दा पहिलो अपारदर्शीता, अनैतिकता त्यहाँबाट सुरु भएको छ।’

 

साथै, उनले संसदलाई स्थिर बनाउने भनेर भएको सम्झौतालाई विश्वास गर्न नसकिने पनि बताए।

‘हामीलाई के विश्वास लाग्दैन भने, हामीले अहिले अभ्यास गरिरहेको संसद्को अभ्यासले सबैभन्दासबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दलले वाचडगको रुपमा प्रमुख प्रतिपक्षीको रुपमा बस्ने। तर, संसदको यो लयले सुरुकै दिनदेखि बिराएको हो,’ उनले भने, ‘दिनभर प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि स्वर्ग गएपनि सँगै जाऔँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्न आफ्ना नेतालाई खटाउनेरु यो कहाँको नैतिकता होरु भर्खरै सत्तापक्ष छाडेर प्रतिपक्षमा जानुभएका प्रिय कमरेडहरू, यही हो नैतिकतारु’

उनले एमाले र कांग्रेसले जनतालाई ढाँट्ने काम गरिरहेको पनि बताए। ‘तपाईंहरूले देखाउनुभएको कुराले स्थिरता देखाउँदैन्। लोकलाई ढाँट्ने काम गरिराख्नुभएको छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group