ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह : अझै ७ दिन बाँकी छ भ्रष्टाचारका फाइल खोल्नुस्


एबीसी न्यूज
२३ असार २०८१, आइतबार   ३ : १८   बजे

काठमाडौं २३ असार । क्यान्टनमेन्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह   राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेन्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन्।

आइतवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेन्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन्।

 

उनले भने, ‘गृहमन्त्रीज्यूलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेन्ट घोटालामा कसको नाम छ रोष्टममा आएर बताउनुस्। हामी तपाईंलाई समर्थन गर्छौं।’

उनले जिबि राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे। अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले यो बिचमा भ्रष्टाचारको फाइलहरू खोलेमा आफूहरुको साथ र समर्थन रहने बताए। उनले सुकुम्वासीहरूलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक–पटक आग्रह गरेपनि प्रहरी नपठाएको बताए।

गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको उनको भनाई थियो।

उनले भने, ‘मलाई बढी केही माग्नु छैन गृहमन्त्रीबाट। जिबि राई पक्राउ गरेर ल्याउनुस्। यहीँ संसदमा हामी फूलमालाले स्वागत गर्छौं। ०७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्नुभयो। सबै जनताले पत्याएर भोट हाल्यौँ। १२४ दिन भयो सरकारमा गएको आज के भयोरु अझै ७ दिन फाइल खोलौँ। झ्याम कि झ्याम यहीँबाट पक्राउ गरेर जेल हालौँ।’

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए। उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group