ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबार प्रवेशमा विद्युतीय पास लागू


एबीसी न्यूज
२४ असार २०८१, सोमबार   ११ : ३९   बजे

काठमाडौं २४ असार । साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि विद्युतीय पास लागू हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सिंहदरबार प्रवेशलाई सहज बनाउन अनलाइनमार्फत विद्युतीय पासको व्यवस्था गरिने भएको हो ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “जसले कम्प्युटर चलाएर अनलाइनबाट एप्लाई गरेर पास लिनसक्नुहुन्छ, उहाँहरु त्यो पास लिएर आउन सक्नुहुन्छ । नसक्नेहरुलाई अहिले पुरानै सिस्टम पनि यथावत् छ ।”

उहाँका अनुसार गृह मन्त्रालयसँग सम्बन्धित वेबासाइट घरमै लगइन गर्ने, पासका लागि फारममा परिचय पत्रलगायतका आवश्यक विवरण भर्ने र स्वीकृत भएपछि त्यसको तस्विर वा स्क्रिनसट लिएर सिंहदरबार प्रवेश गर्न सकिनेछ । यसका लागि स्मार्ट युजरको व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सिंहदरबार प्रवेश पासलाई सहज बनाउन यसो गरिएको छ । जसले कम्प्युटरमा एप्लाइ गरेर पास लिन सक्नुहुन्छ, उहाँलाई स्मार्ट युजर भनेका छौं । अरुलाई अर्डिनरी युजर भनेका छौं ।”

सुरक्षालाई थप व्यवस्थित गर्न यसो गरिएको हो भन्ने जिज्ञासामा उहाँले सुरक्षा व्यवस्थाका लागि प्रवेश पास सँगसँगै नियमित चेकजाँच यथावत् हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुयो, “सुरक्षाको कुरा पुरानै हो । प्रहरीबाट चेकजाँच त्यो त चाहियो नै तर नयाँ सिस्टमबाट यहाँ काम भएर आउने मान्छेलाई सजिलो होस् भनेर यसो गरिएको हो ।”

उहाँले यसरी अनलाइनमार्फत प्रवेश पास लिन झन्झटिलो प्रक्रिया नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गृह मन्त्रालयको वेबसाइटमा जाने । लग इन गर्ने, पासका लागि रिक्वेष्ट गर्ने । कसलाई भेट्ने हो रु कति बजे भेट्ने हो रु सबै कुरा फिल अप गर्ने । अनि यता सम्बन्धित मन्त्रालयको व्यक्तिले एप्रुभ गर्नुहुन्छ । भेट्न चाहने व्यक्ति व्यस्त हुुनुहुन्छ भने व्यस्त भनेर लेखिदिनुहुनेछ । अनि जुन दिन समय मिल्छ त्यही दिन पास बोकेर आएर भेट्न सकिनेछ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu