ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले बागमती प्रदेश सरकारबाट बाहिरियो


एबीसी न्यूज
२४ असार २०८१, सोमबार   ११ : ५१   बजे

काठमाडौं २४ असार । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ।  आज सोमबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन्। उनीहरुले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जानकारी दिएका छन्।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै एमालेका मन्त्रीहरुले सरकार छोडेका हुन्। यससँगै नेकपा माओवादी नेतृत्वको बागमती सरकार अल्पमतमा परेको छ।

 

वर्तमान सरकारलाई अल्पमतमा पारेर सत्ता हत्याउनका लागि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन्। अब बागमतीमा केन्द्रकै ढाँचामा एमाले र कांग्रेसको सत्ता गठबन्धनको सरकार बन्ने बाटो खुलेको छ।

यता, सरकारबाट एमाले बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सदनमा विश्वासको मत फेस गर्ने बताए।

एमालेका मन्त्रीहरुको राजीनामा बुझ्दै मुख्यमन्त्री जम्मकट्टेलले सँगैको सहयात्रा सहज भएको र आगामी दिनका लागि यो यात्रा टुट्नु दुखद् भएपनि राजनीतिमा आएको उथलपुथललाई स्वीकार्नुको विकल्प नभएको बताए। साथै उनले केही दिनमा नै सदनमा विश्वासको मत माग्ने समेत जानकारी दिए।

बागमती प्रदेश सरकारमा एमालेका ५ जना मन्त्री थिए। आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठ, स्वाथ्य मन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातारण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ सरकारमा सहभागी थिए।

२० चैत २०८० मा मन्त्री नियुक्त भएका एमालेका मन्त्रीहरुले राजनीतिक सत्ता समीकरण बदलिएसँगै सरकारबाट बाहिरिएका हुन्। अर्थमन्त्री थपलिया भने दुईदिन अघि अर्थात चैत १७ गते नियुक्त भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group