ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेरबहादुरजीको इमानमा शंका छैन- एमाले अध्यक्ष ओली


एबीसी न्यूज
२४ असार २०८१, सोमबार   १२ : १४   बजे

काठमाडौं २४ असार । कांग्रेसले दुई दलबीच भएको सहमतिलाई संस्थागत रूपमा स्वागत गर्दै अनुमोदन गरेकामा एमाले संसदीय दलको बैठकले आभार व्यक्त गरेको छ । आइतबार संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको इमानप्रति आफूलाई कुनै शंका नभएको पनि बताएका छन् ।

ठूलो दलको हैसियतले प्रधानमन्त्री हुन खोजेको आशंका नहोस् भनेरै कांग्रेसले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेर ओलीलाई बुझाइसकेको छ । यसअघिको सरकार निर्माणमा संसदीय दलले सांसद संख्या मात्रै तोकेर निर्णय पठाउने प्रचलन रहेकामा यस पटक सबै सांसदको हस्ताक्षर नै गरेर बुझाइएको हो । एमालेले पनि आइतबार आफ्ना सांसदको हस्ताक्षर संकलन गरेको छ ।

एमाले नेता पदम गिरीका अनुसार बैठकमा अध्यक्ष ओलीले कांग्रेस सभापति देउवा आफूले बोलेका कुरामा अडिग रहने नेता भएको भन्दै कांग्रेसप्रति अविश्वास र शंका नभएको बताएका थिए । ‘पहिलो दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व गर्ने हो । सहमतिअनुसार अघि बढ्नेमा कुनै विवाद छैन ।

दुई दलबीच भएको सहमतिलाई लिएर खेल्न र भाँड्न खोजिएको छ । दाहालजी ९प्रधानमन्त्री पुष्पकमल दाहाल० यसमा लागिरहनुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै गिरीले भने, ‘राष्ट्रपतिलाई ७६ ९३० मा जानका लागि दबाब दिइरहेका छन् । तर, देउवाजी आफूले बोलेका कुरामा अडिग हुनुहुन्छ । मलाई त्यसमा पूरै विश्वास छ । यसमा तलमाथि हुँदैन ।’

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले असार १७ मा भएको दुई दलको सहमतिलाई अनुमोदन गर्नुका साथै बैठकले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न पुनः आग्रह गरेको पनि बताए ।

‘सरकारको स्थिरता र अहिले देखिएका समस्याको सम्बोधन पनि दुई दल मिल्दा मात्रै सम्भव हुन्छ, देशको हितमा हुन्छ भन्ने निष्कर्ष एमालेको छ,’ बर्तौलाले भने । ओलीले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि कडा आलोचना गरेको स्रोतले बताएको छ । गठबन्धनमै रहेर पुराना दलका नेताहरू सबैको फाइल खोल्छु भन्दै ‘स्टन्टबाजी’मा गृहमन्त्री उत्रिएको ओलीको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group