ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतलगत्तै चीनको भ्रमणमा बंगलादेशी प्रधानमन्त्री, २० वटा एमओयूमा हस्ताक्षर हुने


एबीसी न्यूज
२४ असार २०८१, सोमबार   १ : ५१   बजे

काठमाडौं २४ असार । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आजदेखि चीनको चार दिने औपचारिक भ्रमण सुरु गरेकी छन्। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग अलगअलग भेटवार्ता गर्ने भएकी छन्।

यो भ्रमणमा चीन र बंगलादेशबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ। त्यस्तै, उनीहरूले केही विकास परियोजना उद्घाटन पनि गर्नेछन्।

उनीहरूबीच आर्थिक तथा वित्तीय, व्यापार, लगानी, डिजिटल इकोनोमी, पूर्वाधार विकासलगातका सम्झौता हुने बताइएको छ।

 

तर, यसअघि चर्चामा रहेको २० अर्ब डलरको ऋण सम्झौता भने नहुने विदेशमन्त्री डा। हसन महमुदले बताएका छन्।

‘सूचीमा ऋण सहमतिको कुरा छैन,’ उनको भनाइ बंगलादेशी सञ्चारमाध्यमले उधृत गरेका छन्।

घट्दो विदेशी मुद्रा सञ्चितिको समस्या सल्ट्याउन बंगलादेशले चीनसँग ठूलो ऋण मागेको बताइएको थियो।

‘हाम्रो सूचीमा त्यस्तो एमओयू छैन,’ विदेशमन्त्री हसनले भने, ‘तर, छलफलका क्रममा धेरै कुरा आउन सक्छ। हाम्रो विदेशी मुद्रा सञ्चिति राम्रो छ।’

हसिनाको यो पाँचौ चीन भ्रमण हो। त्यस्तै, लगातार चौथो कार्यकालका लागि निर्वाचित भएपछिको पहिलो चीन भ्रमण हो। जनवरी ७ मा उनी पुनः निर्वाचित भएपछि उनलाई चीनले निमन्त्रणा दिएको थियो।

गत महिना मात्र उनले भारतको दुई पटक भ्रमण गरेकी थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी भएकी हसिना लगत्तै राजकीय भ्रमणका लागि दिल्ली फर्केकी थिइन्।

सन् २०१६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले बंगलादेश भ्रमण गरेपछि दुई मुलुकबीचको निकटता बढेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu