ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको गुनासो- सोध्दै नसोधी संविधान संशोधनमा मेरो चर्चा


एबीसी न्यूज
२४ असार २०८१, सोमबार   २ : ०७   बजे

काठमाडौं २४ असार ।  पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान संशोधनको बहानामा आफ्नो नाम रहस्यमयी रुपमा चर्चामा ल्याइएको गुनासो गरेका छन्।

कांग्रेस र एमालेबीच सत्ता गठबन्धन गर्ने क्रममा यी दुई दलले संविधान संशोधन एजेण्डा अघि सारेका छन्। दुई ठूला दलको सहकार्य सत्ताका लागि मात्रै नभई ‘संविधान संशोधन’का लागि पनि भएको कांग्रेस एमालेका नेताहरुको दाबी छ।

कांग्रेसले औपचारिक रुपमा दुई दलको सहकार्य ‘संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मंक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न’ भनेको छ। र, संविधान संशोधनका लागि सुझाव पेश गर्न पूर्वप्रधानन्यायधीश श्रेष्ठको संयोजकत्वमा सुझाव आयोग बनाउने दाबी गरिएको छ।

श्रेष्ठ भने त्यसबारेमा आफूलाई अहिलेसम्म कसैले केही नभनेको र आफ्नो नाम रहस्यमय ढंगले चर्चामा ल्याइएको बताउँछन्।

आइतबार देश सञ्चारसँग कुरा गर्दै श्रेष्ठले भने, ‘म घर बसेको मान्छेलाई कसैले केही सोधेको छैन। मिडियामा मेरो नाम आएको देख्छु। यसको रहस्य तपाईं नै बताइदिनुहोस्। मलाई थाहा छैन।’

उनले दलका नेताहरुले आफ्नो नाम एक वचन नसोधी मनगढन्ते ढंगले लिएको गुनासो गरे। ‘त्यतिकै मेरो धारणा बताउँछन्। साहित्यकारले जस्तो कल्पना गरेर मेरो नाम लिएका छन्, ‘ श्रेष्ठले भने।

उनले दलका नेताहरुले आफ्ना लागि ‘मेरो नाम’ लिएको बताए। श्रेष्ठले भने, ‘उहाँहरु बन्ने जति आफू, चर्चा र अपजस जति हामीलाई दिनुहुन्छ।’

कांग्रेस एमालेले राष्ट्रिय सहमतिको सरकार बनाएर ‘संविधान संशोधन’ गर्ने भने पनि संसदीय अंकगणित र राजनीतिक हिसाबले सहज देखिन्न।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group