ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलको काँधमा थप ५ मन्त्रालय


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   १२ : २५   बजे

काठमाडौं २५ असार । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको काँधमा ५ वटा मन्त्रालयको जिम्मेवारी थपिएको छ।

अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलको काँधमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित एमालेले छोडेको ५ मन्त्रालयको जिम्मेवारी परेको हो।

बागमती प्रदेश सरकारबाट नेकपा एमालेका पाँच जना मन्त्री बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेललाई उक्त मन्त्रालयहरुको समेत जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए।

 

मुख्यमन्त्री जम्कट्टेल हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारीमा छन्।

प्रदेश सरकारमा रहेका एमालेका अर्थ मन्त्री जगन्नाथ थपलिया, वन मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी मन्त्री एकालाल श्रेष्ठ, उद्योग मन्त्री प्रकाश श्रेष्ठ र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सोमबार सामूहिक राजीनामा दिएका हुन्।

केन्द्रमा बन्न लागेको एमाले–कांग्रेस नेतृत्वको नयाँ सत्ता गठबन्धन अनुसार प्रदेश सरकार गठनका लागि बाटो खुलाउन एमाले तत्कालिन सरकारबाट अलग्गिएको हो।

योसँगै अब बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बन्नेछ।

उक्त अवस्थामा हाल नेतृत्वममा रहेको नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu