ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ जिल्ला अदालतका कर्मचारीको माग- प्रहरी कुट्ने वकिल थापालाई कारबाही गरियोस्


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   २ : २०   बजे

काठमाडौं २५ असार । जिल्ला अदालत काठमाडौंको गेटमा खटिएका प्रहरीलाई वकिलले कुटपिट गरेको भन्दै अदालतका कर्मचारीले विरोध गरेका छन्।

कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापाले जिल्ला अदालत काठमाडौंको ३ नं गेटमा ‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै झापड हानेको अदालतका कर्मचारीको आरोप छ।

ड्युटिमा खटिएका राष्ट्रसेवक कर्मचारीप्रति अभद्र व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको कर्मचारीले बताएका छन्।

 

‘न्यायपालिका जस्तो संवेदनशील क्षेत्रमा दिनरात अहोरात्र खट्ने सुरक्षाकर्मीलाई गालीगलौज गर्दै बर्दीधारी प्रहरीमाथि हातपात गरी उल्टै सो विषयलाई अतिरन्जित गरी अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने र परिस्थितिलाई विषयान्तर गरी तरलता निर्माण गर्ने र धमिलो पानीमा माछा मार्ने गरी विकसित पछिल्ला घटनाक्रमहरूले अदालतको मर्यादामा प्रहार गरिएको अनुभव गरेका छौं’, कर्मचारीको ध्यानाकर्षण पत्रमा भनिएको छ।

प्रहरी कर्मचारीलाई कर्तव्य पालनाको सिलसिलामा हातपात गरी समग्र कर्मचारी र सुरक्षाकर्मीको मनोबल घटाउने मनसायले आपराधिक कार्य गरेको भन्दै उनीहरू भर्त्सना गरेका छन्।

घटनामा संलग्न थापाविरुद्ध जाहेरी दर्ता गरी कानुनी कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन्।

यसका लागि घटनाको सीसीटीभी फुटेज अध्ययनरअनुसन्धान गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group