ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री छान्न एमालेले बनायो मापदण्ड, पहिलो प्राथमिकतामा छन् यी नेता


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   २ : ५७   बजे

काठमाडौं २५ असार ।  सत्ता गठबन्धनमा सहमति गरेर नयाँ सरकार निर्माणको तयारी थालेका संसदका दुई ठूला दलमा मन्त्री छनौटको चटारोमा सुरु भइसकेको छ। प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिएपछि सोही दिन नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने यी दलको आकलन छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति अघिल्लो हप्ता दुई दलबीच भएको हो। सहमतिअनुसार ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

नयाँ सरकार गठनका लागि दुई दिन समय बाँकी रहँदा सरकारमा जाने सम्भावित नामका विषयमा दुवै दलमा छलफल भइरहेको छ।

 

अघिल्लोपटक नयाँ अनुहारलाई अवसर दिने नीति लिएको एमाले नेतृत्वमाथि सरकारमा ‘बी टिम’ किन पठायो भनेर समेत टीकाटिप्पणी भएको थियो। कतिपले त्यसलाई माओवादीसँगको सत्ता साझेदारीलाई कम महत्त्व दिएको भनेर समेत अर्थ्याएका थिए।

यसपटक भने वरिष्ठताका आधारमा मन्त्री छनौट गर्ने छलफल गरिरहेको छ। आफूभन्दा ठूलो दलसँग सत्ता सहकार्य गर्न लागेको र पार्टी अध्यक्ष ओली आफै प्रधानमन्त्री बन्ने भएकाले पनि अनुभवी नेतालाई सरकारमा पठाउने तयारी एमालेमा देखिएको छ।

यसअघि प्रायः नयाँलाई अवसर दिएका ओली उक्त टिमको कामबाट खुसी पनि देखिएका छैनन्।

‘अघिल्लो पटक नयाँलाई अवसर दिने भनेर सरकारमा पठाइयो,’ एकजना नेताले भने, ‘कतिजना त राजीनामा दिइसकेपछि ए फलानो पनि मन्त्री थियो भन्ने अवस्था बन्यो। त्यसैले यसपटक वरिष्ठताका आधारमा मन्त्री छनोट गर्ने छलफल चलिरहेको छ।’

२०७९ मंसिरमा भएको निर्वाचनपछि एमाले, रास्वपा, राप्रपासहितका दलहरूको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भए। प्रचण्ड सरकारमा त्यसबेला एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारी, विमला राई पौड्याल, भगवती चौधरी र हरिप्रसाद उप्रेती मन्त्री नियुक्त भएका थिए।

एमालेले त्यसबेला सरकारमा सहभागी हुनेहरूका लागि बनाएको मापदण्ड थियो, निरन्तर दुईपटक सांसद भएको र नयाँ अनुहार।

तर, दुई महिना नपुग्दै माओवादी कांग्रेसतिर ढल्किएपछि एमाले २०७९ फागुन १५ मा सरकारबाट बाहिरियो। त्यसको एक वर्षपछि २०८० फागुन २१ मा फेरि प्रचण्ड नेतृत्वकै सरकारमा एमाले सहभागी भयो।

एकजना अनुभवीले नेतृत्व गर्ने र नयाँ टिम पठाउने निर्णयलाई दोस्रोपटक पनि एमालेले निरन्तरता दियो। पुराना मन्त्रीहरूमध्ये उपाध्यक्ष विष्णु पौडेल सरकारमा जान इच्छुक भएनन्। पौडेलबाहेक अन्य मन्त्रीहरू दोहोरिए। नयाँ मन्त्रीको रूपमा बलराम अधिकारीले प्रवेश पाए, जो भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री नियुक्त भए।

त्यसबेलाका मन्त्रीहरूको पर्फमेन्सबाट सन्तुष्ट नभएको एमालेले यसपटक भने अनुभवी नेतालाई सरकारमा पठाउने विषय छलफलमा ल्याएको हो।

पार्टीभित्र भइरहेको छलफलका आधारमा एमालेले मन्त्री नियुक्त गरेको खण्डमा ओली नेतृत्वको अब बन्ने सरकारमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मामध्येबाट मन्त्रीको नाम टुंगो लाग्नेछ।

निरन्तर दुईपटक सांसद भएर मन्त्री हुन बाँकी रहेका विद्या भट्टराई र एलपी सावाँ लिम्बु छन्। ऋषिकेश पोखरेल संसदको सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीमा छन्।

वरिष्ठताका आधारमा मन्त्री छान्दा स्थायी कमिटी सदस्य कृष्ण गोपाल श्रेष्ठ, रघुजी पन्त लगायतका नेताको नाम आउन सक्नेछ।

मन्त्रालय भागबण्डाः कांग्रेसलाई ११, एमालेलाई १०
कांग्रेसको भागमा ११ र एमालेको भागमा १० मन्त्रालय रहने गरी भागबण्डाको समझदारी बनेको नेताहरूले बताएका छन्।

ओली नेतृत्वको अब बन्ने सरकारमा सहभागी हुन हालसम्म पाँच दल इच्छुक देखिएका छन् । लोसपा, जसपा नेपाल ९उपेन्द्र यावद०, जसपा ९अशोक राई०, जनमत र नागरिक उन्मुक्ति पार्टीले नयाँ बन्ने सरकारमा सहभागी हुने इच्छा देखाएका हुन् । जसपा उपेन्द्र यादव समूहले कांग्रेसलाई सघाउँदै र अशोक राई समूह एमालेलाई सघाउँदै सरकारमा सहभागी हुने तयारीमा रहेको बताइएको छ।

हाल दुई दलबीच मात्रै भागबण्डा गरिएको मन्त्रालय सरकारमा आउने अन्य दल हेरेर कुन मन्त्रालय कसको भागमा पर्ने भन्ने टुंगो लाग्ने नेताहरूको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group