ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरजु परराष्ट्र र रमेश लेखक गृह, ओलीले सरपराईज दिने !


एबीसी न्यूज
२६ असार २०८१, बुधबार   ७ : ३५   बजे

काठमाडौं २६ असार । संसदका मुख्य दुई दल कांग्रेस र एमालेबीच सहमति भएअनुसार आगामी ३० गते आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् । हरेक दिनजसो कांग्रेस र एमालेका अलग अलग समूहमा अब बन्ने सरकारमा मन्त्रीहुनेहरु बारे छलफल भइरहेको छ । एमाले अध्यक्ष ओली सचिवालय बैठकबाट मोटामोटी मापदण्ड बनाएको निर्णय त गराएका छन् । तर ओलीले आफू प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि मात्र एमालेबाट मन्त्री हुनेहरुको नाम जानकारी गराउने भएका छन् । उनले विभिन्न नेताहरुका सुझाव मात्र सुनिरहेका छन् । दुई दलबीच प्रधानमन्त्री हुने दलले १० वटा मन्त्रालय र अर्को दलले ११ वटा मन्त्रालय लिने सहमति भएको छ ।

 

एमालेले अर्थ, सञ्चार, भौतिक योजना, कानुन, भूमिसुधार, महिला बालबालिका र रक्षा लगायतका मन्त्रालय लिने टुंगो लागेको बताइएको छ । कांग्रेसले गृह, परराष्ट्र, शहरी विकास, सामान्य प्रशासन श्रम तथा रोजगार लगायतका मन्त्रालय टुंगो लागेको देउवा निकट एक केन्द्रीय सदस्यले बताएका छन् । कांग्रेसबाट नेतृत्व गरेर कसलाई पठाउने भन्नेमा शेखर कोइराला, प्रकाशमान सिंह र गगन थापा मध्ये एकजना हुने बताइएको छ। शेखर कोइरालाले परराष्ट्र मन्त्रालय मागेका कारण उनको सम्भावना कम देखिएको छ । देउवाले पत्नी आरजुलाई नै परराष्ट्रमन्त्री र रमेश लेखकलाई गृह बनाउने कुरामा दायांबायां नहुने स्पष्ट गरिदिइसकेका छन् ती केन्द्रीय सदस्यले भने ।

ओली र देउवा सहमतिको ड्राफ्ट पढ्दै आफ्नो ड्राफ्ट हेर्दै एमाले महासचिव शंकर पोखरेल ।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत फेल गरेपछि दुई दलका सांसदहरु समेतको झण्डै १९० सांसदको हस्ताक्षर संयुक्त सरकार बनाउन भन्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरिनेछ ।
संसद सचिवालयका अनुसार सभामुख देवराज घिमिरेले सांझ ६ बजेसम्म बहालवाला प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न असफल भएर पदमुक्त भएको पत्र राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको संयुक्त सरकार असफल भएमा उपधारा ३ अुनसार संसदको सवैभन्दा ठूलो दलको नेतालाई अल्पमतको प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यही विषयमा स्पष्ट हुनका लागि गत असार १७ गते नै कांग्रेस एमालेका नेताहरुले राष्ट्रपतिलाई मौजुदा सरकार असफल भएपछि पनि एकपटकका लागि सोधी धारा अनुसार संयुक्त सरकार गठनको आह्वान गर्ने आश्वासन दिएपछि देउवा र ओलीले हस्ताक्षर गरेका थिए ।


देउवाको किचेन क्याविनेटका एक केन्द्रीय सदस्यका अनुसार देउवाले पटक पटक धेरैजसो नेताहरुले ओलीले धोका दिने त होइन भन्दै सशंकित रहेका छन् । कांग्रेसहरुलाई शंका लागेको मुख्य कारण ओलीले कांग्रेसको समर्थनमा सरकारमा गएको केही समयमा पुनः वाम गठबन्धनको सरकार बनाउने हुन् कि भन्ने डर छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group