ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका ३ सहरमा उड्न श्री एयरलाइन्सको प्रस्ताव


एबीसी न्यूज
२७ असार २०८१, बिहिबार   २ : १४   बजे

काठमाडौं २७ असार । श्री एयरलाइन्सले भारतको ३ सहरमा उडानको प्रस्ताव गरेको छ। कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ३ भारतीय गन्तव्यमा उडानको लागि प्रस्ताव गरेको हो।

पछिल्लो समय धमाधम जहाज थपेर आन्तरिक उडानमा आक्रामक रुपमा प्रस्तुत भएको श्री एयरलाइन्सले भारतका ३ वटा सहरमा एकै पटक उडानको प्रस्ताव गरेको छ।

 

चाडपर्व सुरु हुनुअगावै नियमित उडान गर्ने कम्पनीको प्रस्तावमा मन्त्रालयले विभिन्न कारण देखाउँदै आएको छ। श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले मन्त्रालयले उडानको अनुमति दिए असोजबाट उडान गर्ने तयारी रहेको सुनाए।

‘मन्त्रालयसँग छलफल तथा समन्वयकै क्रममा छौँ’, मानन्धरले भने, ‘तत्काल उडान अनुमति दिए असोजबाटै नियमित उडान गर्ने हाम्रो योजना छ।’

कलकत्ता, अहमदावाद र जयपुरमा उडानको लागि मन्त्रालयमा प्रस्ताव पुगेको छ। मन्त्रालयले भारतमा उडान अनुमतिको लागि ४५ दिने सूचना निकाल्नुपर्ने बताउँदै श्री एयरलाइन्सको प्रस्ताव स्वीकृत गरेको छैन।

‘हामीले अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पाइसकेका छौँ’, मानन्धरले भने, ‘नेपालबाट एयर एम्बुलेन्सको रुपमा श्री एयरलाइन्सले भारतमा धेरैपटक उडान भरिसकेको छ। त्यसैलाई नियमित गर्छौँ भन्दा मन्त्रालयले धेरै प्रक्रियागत कुरा देखाएको छ।’

पछिल्लो समय श्री एयरलाइन्सले राष्ट्रपति रामचन्द्र पौडेल, सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्सबाट भारतमा उपचारको लागि उडान गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले उडान अनुमतिसम्बन्धी कार्यविधिले ४५ दिने सूचना निकाल्नुपर्ने व्यवस्था भएको हुँदा प्रक्रियागत रुपमा जानुपर्ने बाध्यता रहेको बताइन्।

‘हाम्रो कार्यविधिले ४५ दिने सूचना निकालेर उडान अनुमति दिनु भन्ने व्यवस्था गरेको छ। श्री एयरलाइन्सले चार्टर्ड उडान गरिरहेकाले अनुमति दिइहाल्नुपर्ने बताएको छ’, घिमिरेले भनिन्, ‘कसरी अनुमति दिन सकिन्छ भन्ने छलफलमै छौँ।’

श्री एयरलाइन्सले गत चैतयता मात्रै ३ वटा ८० सिटे क्यू ४०० जहाज नेपालमा भित्र्याएको छ। ठूला जहाज उड्ने नेपालका सबै विमानस्थलमा उडान गर्दै भारतमा उडान विस्तार गर्ने कमपनीको लक्ष्य छ।

‘४५ दिनको सूचना निकाली आवेदन मागेर जाँदा सबै प्रक्रिया पूरा गर्दा असोजमा उडान गर्न सकिँदैन’, उनले भने, ‘असोजमा उडान गर्न नसके नियमित गर्न सक्दैनौँ।’

श्री एयरलाइन्सले ११ वटा जहाज पुर्‍याएको छ। बुद्ध एयरले मात्रै उडान गर्दै आएका भरतपुर, सुर्खेत र धनगढीमा उडान थपेर प्रतिस्पर्धी बनाइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group