ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको नियति : उपेन्द्र यादव न अशोक राईको साथ


एबीसी न्यूज
२७ असार २०८१, बिहिबार   ६ : ०७   बजे

काठमाडौं २७ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

जसपा संसदीय दलको बिहीबार बसेको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको हो । २१ असारमा जसपाले मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ताको निर्णय लिएको थियो ।

 

जबकि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत साथमा २३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा गठन गरेका थिए । सरकारकै साथ पाएर दल विभाजन गरेका उनीहरूले तत्काल नयाँ दलको मान्यता पनि पाएका थिए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री थिए । तर आफू देश बाहिर रहेको बेला सरकारकै आडमा दल विभाजन भएपछि यादवले सरकार छाड्ने निर्णय लिए । ३१ वैशाखमा यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाए । अनि सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि त्यही दिन जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खानलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिदिए ।

जसपाका नवलकिशोर साह सुडी वनमन्त्री थिए । सांसद रञ्जु झालाई मन्त्री बनाउन सिफारिस गरेको थियो । नेताहरूका अनुसार प्रधानमन्त्रीले मन्त्रालय खाली गरेर उनलाई मन्त्री मन्त्री बनाउने आश्वासन समेत दिएका थिए । अर्थात् ७ सांसद भएको जसपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिन प्रचण्ड तयार थिए ।

तर १७ असारमा दुई ठूला दल कांग्रेस र एमाले मिलेसँगै समर्थन फिर्ता लिन जसपा नै अगाडि सर्‍यो । २१ असारमै जसपाले पदाधिकारी बैठक राखेर सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ गठबन्धनको पक्षमा उभिने निर्णय लियो । बिहीबार संसदीय दलले पनि प्रधानमन्त्री प्रचण्डलाई भोलि विश्वासको मत नदिने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।

उपेन्द्रले पनि दिएनन् साथ

प्रतिपक्षमा पुग्ने पक्का जस्तै भएपछ प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा ब्युँताउन चाहेका छन् । बुधबार मोर्चामा आवद्ध दलहरूको बैठक समेत बोलाएका थिए ।

तर जसपा नेपालका नेताहरू गएनन् । जसपा नेपालका एक नेताका अनुसार तत्काल मोर्चामा जाने सम्भावना पनि छैन । ‘हाम्रो पार्टी फुटाउने, अनि उहाँहरूलाई चाहिएको बेला मोर्चा जगाउँदा हामी किन जाने रु’ नाम उल्लेख गर्न नचाहेका एक नेता भन्छन्, ‘अहिले हामीले त्यो मोर्चाको औचित्य देखेका छैनौं ।’

प्रतिनिधि सभामा जसपा नेपालका ५ सांसद छन् । र भोलिको संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव राख्दा विपक्षमा मत दिने तयारी छ । एक सांसद भन्छन्, ‘औपचारिक निर्णय भोलि संसदीय दलबाट होला ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group