ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस–एमालेलाई कसले मिलायो ? यस्तो छ प्रचण्डको संकेत


एबीसी न्यूज
२८ असार २०८१, शुक्रबार   १ : ०४   बजे

काठमाडौं २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले आफैं मिलेको नभई कसैले मिलाइदिएको दाबी गरेका छन् ।

विश्वासको मत लिने प्रस्ताव संसदमा पेश गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेबीच भएको सहमतिमाथि प्रश्न उठाए । पछिल्लो पटक नयाँ गठबन्धन बनेको बेला दुई दलका नेताहरुको अभिव्यक्ति सुनेपछि आफूले मिल्न मन छ भने मिल्नुस् भनेको उनले सम्झिए । ‘आज त्यही दिन आयो । अनौठो केही मानेको छैन,’ उनले भने ।

तर कांग्रेस र एमाले आफैं मिलेको नभई अरुले मिलाइदिएको उनको दाबी छ । उनले भने, ‘तपाईंहरुलाई कसैले मिलाएको हो । किन मिलाएको हो रु घाम जत्तिकै छर्लङ्ग छ ।’

हिजोसम्म कानुनमाथि नै शासन गरेका समूहहरु आफ्नो सरकारसँग डराएर सरकार नै फेर्न लागेको उनले बताए । ‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्ता थालियो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान सुरु भयो, अर्को ठूलै समूह डरायो,’ उनले भने, ‘बाँसबारीदेखि बालमन्दिरको जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थाल्यो ।’

उनले अगाडि भने, ‘त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो ।’

उनले जनता जागेर आफ्नो शक्ति देखाउने बेला आएको बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताले आफ्नो शक्ति देखाउनु भएन भने देशको शासन फेरि माफियाहरुकै अधिनमा जाने खतरा छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group