ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेचन झाहरूको गिरफ्तारीपछि कांग्रेस–एमालेको सहकार्य भयो: हितराज पाण्डे


एबीसी न्यूज
२८ असार २०८१, शुक्रबार   ३ : १६   बजे

काठमाडौं २८ असार । नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेले भूटानी शरणार्थी प्रकरणमा फरारहरु पक्राउ पर्न थालेपछि कांग्रेस–एमाले सहकार्यमा जुटेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको पक्षमा बोल्दै उनले सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि काँग्रेस–एमालेले नयाँ समीकरण बनाएको आरोप लगाएका हुन्।

प्रमुख सचेतक पाण्डेले ललिता निवास, सुन तस्करी, भूटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु पक्राउ पर्न थालेपछि कांग्रेस एमालेले आफ्नाहरूलाई बचाउन नयाँ सत्ता सहकार्यका हात अघि बढाएको जिकिर गरे।

 

प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा, जनताको पक्षमा काम गरेको दाबी समेत उनले बताए।

‘खासगरी सरकारले सुरु देखिनै सुशासन, समृद्धि र सामाजिक न्यायको लागि आफ्नो योजना प्रश्तुत गर्‍यो। जतिखेर पनि यो सदनमा राख्ने काम गर्‍यो। सम्माननीय प्रधानमन्त्रीज्युले संसदमा नयाँ अभ्यास पनि अघि बढाउनु भयो हरेक महिनाको पहिलो हप्ता सांसदहरुको प्रश्नको जवाफ दिने। वा सरकारले गरेको कामहरू हुन्,’ उनले भने, ‘फेरी पनि अहिलेको यो अवस्था किन आयोरु यसको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले यसका बारेमा विस्तृत कुरा राखिसक्नु भएको छ।

फेरि पनि मलाई के लाग्छ भने जब भूटानी शरणार्थीको कुरा होस, अथवा ललिता निवासको कुरा होस्। सुन तस्करीको कुरा होस्। खासगरी सुशासनसँग सम्बन्धित कुरा सरकारले दृढताका साथ अगाडि बढाउन थाल्यो। बेचेन झाहरूको जब गिरफ्तारी हुन थाल्यो। त्यसपछि वास्तवमा यो प्रक्रिया अघि बढ्न थाल्यो भन्ने मलाई लाग्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu