ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमलताल घटना : थप एकजनाको सनाखत


एबीसी न्यूज
३० असार २०८१, आइतबार   ११ : १४   बजे

काठमाडौं ३० असार । सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ । सनाखत गरिएको शव चितवनको माडी नगरपालिका(१ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका(७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको थियो । मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

बिहेको भिडियो खिच्न भन्दै विकास आफ्ना एक साथी जनासहित भरतपुरबाट काठमाडौं जान बस चढेका थिए । विकासकी ७० वर्षीया हजुरआमा हरिमाया परियार नातिको खोज्न शनिबार घटनास्थल सिमलताल पुगेकी थिइन् ।

विकासका दुवै दाजुभाइ भिडियो तथा फोटोको काम गर्छन् । उनीहरु माडीबाट भरतपुर आएर बस्दै फोटोरभिडियोको काम गर्थे । विकासका अर्का साथीको अवस्था भने अज्ञात छ । हिजो गैंडाकोटमा भेटिएको अर्को शवको पनि सनाखत भइसकको छ । उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ को रमित कुशर माझीको भएको प्रहरीले बताएको छ ।

रमितका वुवा रविन्द्र कुशर माझीले शवको सनाखत गरेका हुन् । अहिलेसम्म पहिरोमा परेका तीन जनाका शव भेटिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले २ वटा यात्रुबाहक बस त्रिशूलीमा हुलेको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

बस व्यवसायी कम्पनीमा दर्ता भएको यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन भइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group