ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तटबन्ध नहुँदा झापाका सन्थाल बस्ती डुबानको जोखिममा


एबीसी न्यूज
३० असार २०८१, आइतबार   २ : ४९   बजे

काठमाडौं ३० असार । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका(२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् ।

माई नदी कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ, अब पनि डुबान भयो भने आफ्नो जमिन नै बाँकी नरहने ६५ वर्षीय गोपाल टुटो बताउँछन् । ‘सयौँ वर्षदेखि यहीँ बसोबास गर्दै आएका छौँ, कटानले गर्दा माई नदी किनारमै बास हुनपुगेको छ, उत्तरतिर कालो बादल मडारिएको देख्नेबित्तिकै हाम्रो बस्तीमा त्रासको स्थिति सिर्जना हुन्छ’, उनले भने ।

 

सुखाबथानबाट टप्पुसम्मको करिब एक हजार आठ सय मिटर तटबन्ध निर्माण गर्न सकेमा सन्थाल बस्तीलाई सुरक्षित राख्न सकिने झापा गाउँपालिका–२ का वडाध्यक्ष हिमालकुमार चम्लागाईँ बताउँछन् । ‘यो क्षेत्रमा तटबन्ध निर्माण गर्न गाउँपालिका, जनताको तटबन्ध कार्यक्रम, गृह मन्त्रालय दैवी प्रकोप व्यवस्थापनलगायत निकायमा पहल गरे पनि सुनुवाइ भएको छैन’, वडाध्यक्ष चम्लागाईँ भन्छन् ।

गत साता माई नदीको बढीले तीन घर विस्थापित भए भने पूरै सन्थाल बस्ती डुबानमा परेको थियो । बाढीबाट थप क्षति हुन नदिन सुरक्षा निकायको सहयोगमा व्यवस्थापन गरिएको थियो ।

सुखाबथान सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष रञ्जन टुटोका अनुसार गत साताको जस्तै वा थोरै बढी नदीमा बाढी आउने हो भने सन्थाल बस्तीका ५१ परिवारका दुई सय ७५ जना वस्थापित हुनेछन् ।

सन्थाल बस्तीभन्दा तल र माथि तटबन्ध भए पनि बीचमा तटबन्ध नहुँदा बाढीबाट बस्ती प्रभावित हुने उच्च जोखिम रहेको वडाध्यक्ष चाम्लागाईँ बताउँछन् । पालिकासँग पर्याप्त बजेट नहुँदा तटबन्ध निर्माण गर्न नसकेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu