ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल-भारत जोड्ने राजमार्ग अवरुद्ध भएपछि इन्धनको आपूर्ति बन्द


एबीसी न्यूज
३० असार २०८१, आइतबार   ३ : ०४   बजे

काठमाडौं ३० असार । भारतको पलियामा सारदा नदीले पुलको उत्तर तिरको सडक बगाउँदा हजारौं यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण आइतबारदेखि नेपाल(भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरी फण्टा सिमा नाकाबाट आवतजावत पूर्ण रुपमा बन्द भएको छ । गौरीफण्टा नाका भएर भारतबाट आउने नेपालीहरु टिकापुरको खक्रौला, नेपालगंजको रुपैडीया नाका हुँदै नेपाल भित्रिन बाध्य भएका छन् । राजमार्ग बगाएपछि लामो ताथा छोटो दुरीका कुनैपनि सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सिमा क्षेत्रका नेपाली वजारमा परेको छ ।

गौरिफण्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्न लगायतको मुल्य आकासिएको छ । एक सातादेखि खाद्यान्न लगायत पेट्रोलियम पदार्थ ढुवानी हुन सकेको छैन । भारतीय सिमा बजार वनगवाँमा समेत खाद्यान्न लगायत सामानको अभाव भएको छ । उक्त बजारमा नेपालीहरुले मात्र दैनिक करोड सम्मको कारोबार गर्दैै आएको वनगवाँका व्यापारी गुड्डु सिङ गुप्ताले बताउनुभयो । गुप्ताले भन्नुभयो, ूनेपालीहरुले महँगोमा सामान खरिद गर्नु परेको छ पहिले चिनीको मूल्य ६० थियो, अहिले बढेर ८० सम्म पुगेको छ अन्य सामानको पनि मूल्य बढेको छ।ू

सुदूरपश्चिम प्रदेशका लागि भारतको बन्थरा डिपोबाट गौरीफन्टा हुँदै धनगढीको डिपोमा इन्धन आयात हुने गरेको छ । नेपाल आयल निगमले भारतको बन्थरा डिपोबाट गत आइतवार देखि सुदूरपश्चिमका लागि इन्धन ल्याउन सकेको छैन । नेपाल आयल निगम धनगढी शाखाका प्रमुख हरिदत्त जोशीले गत आइतवारदेखि इन्धनको आपूर्ति बन्द भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ूवितरणमा समस्या भएकाले नेपालगञ्जबाट ल्याउदैछौ । एक हप्तादेखि बाटो बन्द भएको छ । हामीले स्थलगत अवलोकन गरेर आएका छौं , गत आइतवारको वर्षाले सडकमा क्षति गरेको भएपनि मर्मत नभएको उहाँले बताउनुभयो । पानीको सतह नघटेपछि मर्मतमा समस्या भएको हो । रुट परिवतर्नका लागि केन्द्रको निर्णय चाहिन्छ । ढुवानी भाडामा फरक पर्छ।ू बन्थरा डिपोबाट इन्धनको आपूर्ति गर्न समस्या भएपछि आयल निगमले नेपालगञ्जबाट इन्धन ढुवानी थालेको जोशीको भनाइ छ ।

एक सातादेखि ठुलो वर्षा नहुँदा पनि भारत सरकारले अवरुद्ध सडक निर्माणमा चासो नदिएको भन्दै भारतीय सिमा बजार वनगवाँँका व्यापारीले सरकार विरुद्ध आत्रोस पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu