ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानको अपव्याख्या तत्काल सच्याउन सर्बोच्चलाई सोसाइटीको चेतावनी


ABC NEWS
१५ फाल्गुन २०७४, मंगलबार   १ : ३७   बजे


काठमाडौं १५ फागुन । नेपाल मिडिया सोसाइटीले कान्तिपुर विरुद्धको अबहेलना सम्वन्धी मुद्धामा सर्बोच्चले संविधानको अपव्यख्या गरेको ठहर गरेको छ । सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठ र महासचिव शुभशंकर कंडेलद्धारा जारी प्रेस वक्तव्यमा प्रेसको समेत संरक्षक रहेको सर्वोच्चबाट संविधानको अपव्याख्या भएकोमा गम्भीर चिन्ता जाहेर गरेको छ ।
वक्तव्यको पूर्ण पाठ यस्तो छ ।
राज्य सञ्चालनका मुुख्य अंगहरुमध्ये पछिल्लो समय न्यालयको विषय सार्वजनिक टिकाटिप्पणीको विषय बन्ने र न्यायलयको नेतृत्वका बारेमा उठेका विषय र सन्दर्भ स्वतन्त्र न्यायपालिकाको गरिमालाई धुमिल गर्ने क्रियाकलाप हुन् भन्ने सर्वविदितै छ ।

‘हालै कान्तिपुर दैनिकमाथि सर्वोच्च अदालतमा चलिरहेको मानहानीको मुद्दालगायत केही घटनाक्रमहरुमा सर्वोच्चको नेतृत्व असंयमित हुन पुगेको र न्यायका सार्वभौम मान्यता विपरित नेपाली प्रेस समेतको अभूतपूर्व संघर्षको परिणामका रुपमा रहेको संविधानको मौलिक हक अन्तरगत सञ्चार हकको समेत अपव्याख्याले प्रेस स्वतन्त्रता कुण्ठित हुनसक्ने दुखद संकेत देखिएको छ ।
प्रेस स्वतन्त्रता लोकतन्त्रको एक प्रमुख आधार स्तम्भ हो भने स्वस्थ आलोचना लोकतन्त्रको गहना मात्रै नभई नियमित कर्तव्य पनि हो ।
राज्यका अन्य अंगको स्वेच्छाचारितालाई निरुत्साहित गर्ने अभियानमा सञ्चार जगतको अभिभावकको रुपमा हेरिने सम्मानित न्यायालयको नेतृत्व प्रतिशोधको भावना लिएर प्रेस स्वतन्त्रताकै विरुद्ध लाग्ने कुरा कल्पना भन्दा बाहिरको सोचाई हो । तर विडम्वना यतिबेला सर्वोच्च अदालतको मुख्य नेतृत्व अनावश्यक स्वतन्त्र प्रेस इतरका आदेश र रिसइवी सांध्ने जस्तो तहमा उत्रेको घटनाप्रति हामी गहिरो दुख व्यक्त गर्न चाहन्छौं ।
नेपाल मिडिया सोसाइटी स्वतन्त्र प्रेसको मर्यादा, अनउल्लघंनीय सञ्चार हकको निर्वाध उपभोग र न्यायालयको मर्यादा तथा न्यायमुर्तिहरुको आत्मसम्मान रक्षार्थ दृढ संकल्पित छ । तर न्यायपालिका र न्यायधिशका क्रियाकलाप वा आचरण बेग्लाबेग्लै पक्ष हुन् भन्ने कुरामा सम्मानित न्यायलय स्पष्ट रहेको हुनुपर्दछ भन्ने हाम्रो विश्वास छ । जसका लागि संसारभर र नेपालमै पनि अनेकौं फैसला र नजिरहरुको स्मरण गर्न सकिन्छ । हाम्रो देशमा समय समयमा न्यायधिशहरुका क्रियाकलाप र आचरणका विषयमा स्वयं न्यायलयमा नै परिक्षण भइरहेका घटनाको लामो दृष्टान्त छ। त्यो सिलसिला हाल पनि जारी रहेको छ । त्यस्तै प्रसंगका कतिपय न्यायमूर्तिहरुका कागजात लगायतका विषयमा सर्वोच्चमै जांचबुझ जारी रहेको छ ।

आइतबार सार्वजनिक भएको कान्तिपुर दैनिका विषयमा गरिएको आदेशमा उल्लेख गरिएको प्रेस काउन्सिललाई मिडियामाथि कारबाही गर्न दिएको अन्तरिम आदेश र संविधानको धारा १९ का विषयमा गरिएको पूर्व सेन्सरसिपलाई स्थापित गर्ने खालको व्याख्या तत्काल सचयाउन माग गर्दछौं । न्यायलयको जत्तिकै नागरिक र मिडियाको पनि इज्जत र प्रतिष्ठा रहेको हुन्छ । लोकतान्त्रिक खुला समाजमा पारदर्शिता कायम गर्न प्रेसलाई निर्वाध काम गर्ने बातावरणको सम्वर्धन गर्नुको कुनै विकल्प छैन । तर हालैको केही घटनाक्रमहरुले नागरिकलाई बोल्न बन्द गराउने र प्रेसलाई पूर्व सेन्सरसिपको अवस्थामा पुर्याउनका लागि सम्मानित न्यायिक निकायबाट भएका व्यवहारहरुको हामी दृढतापूर्वक विरोध गर्दछौं । अकुण्ठित प्र्रेस स्वतन्त्रताका पक्षमा हाम्रो सम्मानि न्यायलयले आफ्नो व्यवहारिक प्रतिवद्धता जाहेर गर्नेछ हाम्रो विश्वास छ । हामी सदा झैं प्रेस स्वतन्त्रताको पक्षमा उभिएरु जनतालाई सूसुचित गर्दैजनताका प्रतिनिधिले बनाएको संविधानको मर्म अनुसार सबै निकायलाई चल्न र सोही अनुरुपको लोकतान्त्रिक व्यवहार गर्न समेत आग्रह गर्दछौं /’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group