ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌मा राप्रपा सांसदको माग– कृष्णमान प्रधान ‘नालायक’ हुन्, अस्वीकार गरियोस्


एबीसी न्यूज
१४ श्रावण २०८१, सोमबार   १ : ५९   बजे

काठमाडौं १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा की सांसद रोशन कार्कीले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई ‘नालायक’को संज्ञा दिएकी छिन्।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसदीय समितिमा प्रधानमाथि यौन शोषणको उजुरी परेको उनले जानकारी गराइन्।

प्रधानलाई नियुक्त गरिएको खण्डमा ५१ प्रतिशत महिला र संविधानको धारा २४५ को उपधारा ६ को पनि अपमान हुने उनको जिकिर थियो।

 

‘यौन शोषणको आरोप उहाँ कृष्णमान प्रधान० माथि लागेको छ। ती महिलाले उजुरी दिएकी छिन्। तीनको भनाइ अनुसार यसबारे उनले अदालतलाई पनि गुहारेकी थिइन्। पछि मिलापत्र भएर पटक पटक गरेर कृष्णमान प्रधानले एक करोड तिरेको पनि रसिद छ,’ कार्कीले भनिन्, ‘सभामुखमार्फत् अनुरोध र प्रश्न गर्न चाहन्छु। त्यसलाई यदी आयुक्तमा नियुक्त गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ। संविधानको धारा २४५ को उपदफा ६ को पनि अपमान हुन्छ।’

उनले संसदीय मर्यादाभित्र पर्ने वा नपर्ने भन्दै आफूले उनलाई ‘नालायक’ भन्ने पनि बताइन्।

‘यो संसदीय मर्यादाभित्र पर्छ कि पर्दैन। म त भन्छु– ती त ‘नालायक’ हुन्। प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, उहाँले केही राम्रा काम गर्नुभएको छ, एउटा दुईटामा चुक्नुभएको छ। संसदीय समितिले तीनीलाई अनुपयुक्त र ‘नालायक’ ठहर गर्न आग्रह गर्दछु,’ उनले भनिन्।

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमानमा नैतिक चरित्र नदेखिएकोमा सुनुवाइ समितिका सांसद एकमत

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu