ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विचौलियालाई सहयोग पुग्नेगरी कुलमानलाई निरुत्साहित गरियो- सांसद नारायणी शर्मा


एबीसी न्यूज
१४ श्रावण २०८१, सोमबार   २ : ०२   बजे

काठमाडौं १४ साउन । नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले विचौलिया र दलालहरूलाई सहयोग पुग्नेगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरुत्साहित गर्न खोजेको आभास पुगेको बताएकी छिन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले कार्यकारी निर्देशक घिसिङलाई कुनै शासक चिढिँदैमा अघि बढ्नबाट नरोकिन आग्रह गरेकी छिन्।

‘सरकारसँग काँधमा काँध मिलाएर कमाण्ड सम्हालेका कर्मचारी निर्देशक कुलमान घिसिङ विचौलिया र दलालहरूको दुश्मन बनेका थिए र छन्,’ उनले भनिन्, ‘आज तीनै विचौलिया र दलालहरूलाई सहयोग पुग्नेगरी कुलमानजस्तो योग्य र सफल कर्मचारीलाई निरुत्साहित गर्न खोजेको आभास हुन्छ।’

 

उनले अघि थपिन्, ‘सम्मानीत सदनबाट भन्न चाहन्छु– अगाडि बढ कुलमान जनताको पक्षमा काम गर्दा कुनै शासक चिढिन्छ भने केही फरक पर्दैन।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले सुरु गरेको अभियानले देशमा १८ घन्टे लोडसेडिङ अन्त्य भएको बताइन्।

यस्तो छ कुलमान बार शर्माले संसद्मा राखेको भनाइः
महान जनयुद्ध र जनआन्दोलनबाट शान्ति प्रक्रिया हुँदै हामी अगाडि बढ्दै गर्दा १८ घन्टे लोडसेडिङबाट देश अन्धकारमा थियो। त्यो विकराल अवस्थाबाट देशलाई मुक्त गर्न श्रद्धय अध्यक्ष कमरेड प्रचण्डको निर्देशन र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलमा नेपालको पानी, नेपालकै लगानी भनेर ऊर्जा क्रान्ति सुरु भयो। जसले आज देश विद्युत्मा आत्मनिर्भर बन्यो। तत्कालीन ऊर्जामन्त्रीले उज्यालो नेपालको अभियान सार्थक बन्यो। सो अभियानमा सरकारसँग काँधमा काँध मिलाएर कमाण्ड सम्हालेका कर्मचारी निर्देशक कुलमान घिसिङ विचौलिया र दलालहरूको दुश्मन बनेका थिए र छन्। आज तीनै विचौलिया र दलालहरूलाई सहयोग पुग्नेगरी कुलमानजस्तो योग्य र सफल कर्मचारीलाई निरुत्साहित गर्न खोजेको आभास हुन्छ। सम्मानीत सदनबाट भन्न चाहन्छु– अगाडि बढ कुलमान जनताको पक्षमा काम गर्दा कुनै शासक चिढिन्छ भने केही फरक पर्दैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group