ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइडियल यमुना सहकारीका अध्यक्ष उप्रेतीको मुद्दामा आजबाट थुनछेक बहस


एबीसी न्यूज
१५ श्रावण २०८१, मंगलबार   १ : २१   बजे

काठमाडौं १५ साउन । काठमाडौँको सुकेधारास्थित आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेतीको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले उप्रेतीसहित ९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ।

बाँकी ८ जना भने फरार छन्।

 

फरार रहनेमा सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, कोषाध्यक्ष मुकुन्दप्रसाद पाण्डे, तत्कालीन सदस्य बद्री महत, सदस्य प्रकाशमान शाही, तत्कालीन सदस्य अरुण भण्डारी, विष्णुबहादुर रिमाल, लेखासमितिका तत्कालीन संयोजक राजु पौडेल र तत्कालिन लघुवित्त प्रमुख विश्मभर रिमाल रहेका छन्।

उनीहरूविरुद्ध सहकारीका २०३ जना बचतकर्ताले जाहेरी दिएका थिए। उनीहरूले आफूले बचत गरेको १५ करोड सतहतर लाख २० हजार ४० रुपैयाँ सहकारीबाट फिर्ता नपाएको दाबी गरेका छन्।

बचतकर्ताको रकम यी प्रतिवादीहरुले आफुखुसी लगानी र अपचलन गरी हिनामिना गरेको गुनासो गरेका छन्। उप्रेती २०७१ सालदेखि ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको हाम्रो सगरमाथा बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्ष थिए।

यस्तै, सम्पुर्ण सहकारी संघ संस्थाहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकमा १५ वर्ष प्रबन्ध संचालक रहेर काम गरेका थिए। २०७५ सालमा उक्त बैंकको अध्यक्षमा निर्वाचित उनी हालसम्म पनि अध्यक्ष हुन्।

उनलाई प्रहरीले गत असार १९ गते पक्राउ गरेको थियो।

उनले बयानका क्रममा सहकारीले विभिन्न ठाउँमा रकम लगानी गरेको र उक्त रकम नउठेकाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको बयान दिएका थिए। उनले लगानी गरेको रकम उठाएर बचतकर्ताको रकम फिर्ता गर्ने पनि बयानका क्रममा बताएका छन्।

उनीबाट बचतकर्ताको १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ फिर्ता गराउन र कानुन अनुसार थप कारबाही गर्न माग दाबी लिइएको छ।

उक्त कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group