ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीलक्षित बास्कोटाको टिप्पणी– पीडा मात्रै बोकेर नहिडौँ


एबीसी न्यूज
१५ श्रावण २०८१, मंगलबार   ४ : ००   बजे

काठमाडौं १५ साउन । सत्तारुढ नेकपा एमाले सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रलाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गरेका छन्।

संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरूको अभिव्यक्ति आउन थालेपछि उनले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सो कुरा बताएका हुन्।

सांसद बास्कोटाले मुलुकलाई निकास दिन दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सत्तासमीकरण बनाएको उल्लेख गर्दै त्यसको विरोध गरिरहन आवश्यक नभएको बताए।

 

उनले सत्तारुढ गठबन्धन मुलुकको आवश्यकताले बनाएको उल्लेख गर्दै यो कसै विरुद्ध लक्षित नरहेको दाबी समेत गरे।

सांसद बास्कोटाले साना दलहरूले सत्तामा मरिहत्ते गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको विगतबाट सबैले पाठ सिकेर अघि बढनुपर्ने बताए।

‘दुई वटा ठूला दल मिलेका छन्। ती राजनीतिक रुपमा मिल्दैनन्, सैद्धान्तिक रुपमा मिल्दैनन्। कार्यक्रमको रुपमा मिल्दैनन्। मुलुकलाई निकास दिन मिल्छन्,’ उनले भने, ‘इतिहासमा पनि मिलेका थिए, आज पनि मिल्छन्। भोली पनि मिल्छन्। यति कुरा हो–मुलुकका आवश्यकता अनुसार कसैका विरुद्ध यो होइन। आआफ्नो सामर्थ्यमा चलौं। अब यो हिजोको पीडा मात्रै बोकेर नहिँडौं।’

सांसद बास्कोटाले विकास, निर्माणको काममा ध्यान दिनुपर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षबीच संसदमा आरोपरप्रत्यारोप हुनु शोभनीय नभएको पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu