ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनसुन सक्रिय भएसँगै डेंगुको संक्रमण बढ्दो


एबीसी न्यूज
१६ श्रावण २०८१, बुधबार   १२ : ४६   बजे

काठमाडौं १६ साउन ।   वर्षायामसँगै डेंगुको संक्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमणको ‘पीक सिजन’ साउनदेखि कात्तिकसम्म रहने चिकित्सिकहरु बताउँछन् । तर यो वर्ष मनसुन भएसँगै डेंगुको संक्रमितहरु देखिन थालेका छन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अधिकृत रिसिराम पौडेलले डेंगुको संक्रमण सुरु भइसकेको बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा जनवरीदेखि जुलाई सम्मको तथ्याङ्कमा ५ सय ३८ जनामा डेंगु देखिएको छ ।

यो तथ्याङ्क अनुसार प्रदेशभर सबैभन्दा बढी कास्कीमा २१८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने म्याग्दीमा ५३, लमजुलङमा ६४, तनहुँमा २९, नवलपुरमा १४, गोर्खामा ७०, स्याङ्जामा २२, पर्वतमा २५, बागलुङमा १० जनामा संक्रमण देखिएको छ । पौडेलले गतवर्ष डेंगुबाट ७ जनाको मृत्यु भएपनि यो वर्ष संक्रमणबाट मृत्यु नभएको जानकारी दिनुभयो। उहाँले वर्षायाम सुरु भएसँगै कास्की, तनहूँ, गोरखाबाट बढी डेंगुको संक्रमण देखिएको बताउनुभयो ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसले प्रकोपको रुपमा लिइएको थियो । उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेंगुको प्रकोट उच्च रहेको गण्डकी प्रदेशको स्वास्थ्य आपत्तकालिन कार्यसञ्चालन केन्द्रका संयोजक डा। रमेश केसीले बताउनुभयो । ‘‘त्यसबेला कास्कीमा बढी संख्यामा डेंगुका बिरामी फेला परेका थिए । डेंगु फैलिँदा यहाँ व्यापक रुपमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो,’’ उहाँले भन्नुभयो ।

उहाँले त्यसबेला घरघरमा पुगेर त्यो बेला नियन्त्रण गरिएको बताउनुभयो । वर्षाको सिजन अझै बाँकी भएकोले हेलचक्रयाँइ गर्न नहुने उहाँको भनाइ छ । केसीले तीन वर्षअघि पोखरा क्षेत्रमा डेंगु फैलँदा नियन्त्रणका लागि घरघरमा पुगेर संकलित पानी फ्याक्ने, नाला सफा गर्ने, गमला फुटाउने, टायर खालि गर्ने लगायतका काम गर्दा अहिले नियन्त्रणमा सहज भएको सुनाउनुभयो ।

डेंगुको सुरुवाती लक्षण ज्वरो भएकोले डाक्टरको सल्लाह बमोजिम औषधी नखान उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार डेंगु लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना हुन्छ ।

‘‘यसलाई सामान्य रुपमा लिनुहुँदैन । ज्वरो आयो भन्दैमा बुफ्रीन खाने बानी छ । त्यसो गर्नुहुँदैन । डाक्टरको सल्लाह लिएर औषधी खाने बानी बसालौं,’’ उहाँले सुझाव दिनुभयो । डेंगु टेस्टको लागि प्रदेशभरका जिल्लाहरुमा किट उपलब्ध भइसकेको उहाँले बताउनुभयो । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु एक प्रकारको भाइरस भएकोले फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगु सर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ । यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । त्यस्तै यो लामखुट्टे फैलनाका लागि ह्युमिडिटि ९सापेक्षित आद्रता० ६० प्रतिशत आवश्यक पर्छ । ६० प्रतिशत ह्युमिडिटि भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ । ६० प्रतिशत ह्युमिडिटिले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu