ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामूहिक राजीनामाको आह्वान गर्दै गजुरेलले त्यागे माओवादी उपमहासचिव पद


एबीसी न्यूज
१६ श्रावण २०८१, बुधबार   २ : ४७   बजे

काठमाडौं १६ साउन ।   नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार साउन ११ पदाधिकारी बैठक सुरु भएको थियो। गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा पेस गरेका हुन्।

यद्दपि उनको राजीनामा स्वीकृत भएरनभएको खुलाइएको छैन।  राजीनामापत्रमा उनले पदाधिकारी सबैलाई सामूहिक राजीनामा दिनसमेत आह्वान गरेका छन्।

नेपालखबरले प्राप्त गरेको गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा पत्रमा पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित गरेका छन्।

‘महान् यात्रामा लामबद्ध हुन राजीनामाले नैतिक बल प्रदान गर्दछ,’ गजुरेलले खुलाएका छन्, ‘कार्यकर्ता र जनताको विश्वास जितेर पार्टीलाई एकताबद्ध गर्न र निरन्तरतामा क्रमभंग गर्न आवश्यक छ। घिसेपिटे निर्णय गरेर कार्यकर्ता र जनताको भाँचिएको मन जोड्न सकिन्न।’

‘पदाधिकारी कमरेडहरू सामूहिक राजीनामा दिन तयार हुनुहुन्न भने म आफ्नो भागमा पर्ने गल्तीको नैतिक जिम्मेवारी लिँदै स्थायी समितिमा विस्तृत कुरा राख्न पाउने अपेक्षासहित उपमहासचिव पदबाट अध्यक्षसमक्ष राजीनामा पेस गर्ने अनुमति चाहन्छु,’ उनले लेखेका छन्।

माओवादीले साउन २५ गतेका लागि स्थायी समितिको बैठक बोलाएको छ।

गजुरेलले पार्टीमा देखापरेका समस्या समाधानका लागि बृहत् छलफल नगर्ने हो भने गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।

‘यतिखेर हामीलाई चुनबाङभन्दा अझ स्तरीय बैठक चाहिएको हो। मलमपट्टी होइन, शल्यक्रिया चाहिएको हो,’ राजीनामामा उल्लेख छ, ‘अहिले चलिरहेको छलफल विगतमा पटकपटक गरिएको हो। यस्तै, असफल परम्परा चलाइराख्ने हो भने रात रह्यो अग्राख भनेजस्तै हुनेछ।’

‘यतिखेर विरोधीहरूले नकारात्मक घटना घटाएर हामीलाई अवसर दिएका छन्। फलाम तातेका बेला चाहेअनुरूपको आकार दिन सकिन्छ। सेलाएपछि त फुट्ने हो।’

राष्ट्रिय सभा निर्वाचनमा अध्यक्ष प्रचण्डका भाइ नारायण दाहाललाई अध्यक्ष बनाइएकोप्रति उनले गम्भीर असन्तुष्टि जनाएका छन्।

उनले नेताहरूको जिम्मेवारी दिँदा गरेको गल्तीले नेतृत्वको अक्षमता छताछुल्ल भएको भन्दै ढिला नगरी सच्याउन आग्रह गरेका छन्।

‘राष्ट्रिय सभा अध्यक्ष चयन प्रक्रियामा अपनाइएको तरिकाले पदाधिकारीहरूको नैतिक धरातल धुजाधुजा भएको छ,’ गजुरेलले उल्लेख गरेका छन्।

मार्क्सवादको नीति, विचार र विधिबाट पार्टी च्यूत भएको गजुरेलको ठम्याइ छ।

यस्तै, पार्टीको बैठकमा नेताहरूले औपचारिक रूपमा पेस गरेको राजनीतिक विषयवस्तुप्रति कसैको चासो र चिन्ता नभएको र त्यसमा छलफलसमेत नभएकोमा उनको असन्तुष्टि छ।

आठौँ महाधिवेशनमा ४६ जनाको स्थायी समिति निर्माण गर्दा जम्मा १५ जना मात्र पदाधिकारी हुनुपर्नेमा २१ जना बनाएर विधि र पद्धति मात्र नभई विधानकै उल्लंघन भएको उनले आरोप लगाएका छन्।

स्थायी समितिमा वैचारिक, राजनीतिक क्षमता र गौरवपूर्ण इतिहास र अनुभव भएका नेता छुटाएको भन्दै गजुरेलले आफ्ना नेता मात्र समेट्ने चिन्ता नेताहरूमा देखिएकोमा असहमति जनाएका छन्।

गजुरेलले यसअघि प्रचण्ड प्रधानमन्त्री छँदा प्रधानमन्त्रीको सल्लाहकार पदबाट पनि राजीनामा दिएका थिए।

माओवादी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने गजुरेलले राजीनामा दिएको नभई आफ्ना सुझावहरू लिखित रूपमा राखेको दाबी गरे।

‘पार्टी बनाउने कुरामा एकपटक सबैले आत्मसमीक्षासहित सामूहिक राजीनामा गर्न सक्यौँ भने समीक्षाको विषय हुन सक्छ भन्ने मात्र हो,’ उनले भने, ‘राजीनामाको विषय होइन। व्यक्तिगत कुरा हुन्।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group