ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने


एबीसी न्यूज
१६ श्रावण २०८१, बुधबार   ३ : ०५   बजे

काठमाडौं १६ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन्।

उनले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन बैठक व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।

सत्ता साझेदार दलहरूले साथ छाडेपछि स्पष्ट अल्पमतमा परिसक्दा पनि उनले राजीनामा नदिएर महिना दिनसम्म सरकारको आयु लम्ब्याएका छन्। यति मात्र नभई उनले अल्पमतमा रहेकै अवस्थामा मन्त्रिपरिषद् हेरफेर गरेका छन्।

नेकपा एमाले, नेपाली कांग्रेसलगायत बहुमत पक्षधर दलका सांसदहरूले समावेदन गरी प्रदेश सभाको विशेष अधिवेशन बोलाउँदा सरकारका तर्फबाट उनले अनुपस्थित भएर असफल पार्ने नीति लिएका थिए।

बैठकमा उपस्थित भएका मन्त्रीलाई सरकारबाटै हटाएका थिए।

गत वैशाख ६ गते संघीय सरकारको गठबन्धनअनुसार सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीबाट सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई एमाले, माओवादी, नागरिक उन्मुक्तिको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसद डा ताराप्रसाद जोशीले समर्थन गरेका थिए।

गत असार १७ गते संघीय सरकारमा कांग्रेस र एमाले मिलेर नयाँ गठबन्धन बनाएपछि प्रदेशहरूमा पनि त्यसैअनुरूपका समीकरण बनेका थिए। सुदूरपश्चिममा एमालेले असार २० गते सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन्। ७ सिट भएको नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी खेमातिर ५ जना छन्। यसरी सुदूरपश्चिममा नयाँ गठबन्धनको पक्षमा कम्तीमा ३४ सांसद हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu