ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखको रिक्तताले कर्णालीमा कांग्रेसलाई सरकारमा जान ढिलाइ


एबीसी न्यूज
१६ श्रावण २०८१, बुधबार   ३ : ३७   बजे

काठमाडौं १६ साउन । कर्णाली प्रदेश प्रमुखको रिक्तताले नेपाली कांग्रेसलाई कर्णाली प्रदेश सरकारमा सहभागी हुन ढिलाइ हुने भएको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठक बसेर प्रदेश सरकारलाई समर्थन दिँदै सरकारमा जाने सैद्धान्तिक निर्णय भइसकेपनि प्रदेश प्रमुखको रिक्तताका कारण ढिलाइ भएको प्रमुख नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए ।

‘दलको बैठक बसेर सरकारका जाने निर्णय भइसकेको छ । शपथ ग्रहण गराउने प्रदेश प्रमुख नहुँदा सरकारका जान ढिलाइ भएको हो’, उनले भने, ‘प्रदेश प्रमुख आउने वित्तिकै पार्टी केन्द्रले मन्त्रीको नाम तोकेर पठाउनेछ ।’

सरकारले यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकबाट बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियार पदबाट मुक्त गरी बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

 

माओवादी केन्द्र बाहिरिएसँगै आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय रिक्त भएको प्रमुख सचेतक विष्टले बताए ।

सरकारमा सहभागी हुने मन्त्रीको नाम केन्द्रले तोकेर पठाउने भएकाले आफूलाई जानकारी नभएको उनको भनाइ छ । नेकपा एमालेबाट मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट सहभागी आर्थिक मामिलामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, जलस्रोतमन्त्री रनसिंह परियार र उद्योग, पर्यटनमन्त्री दुर्गबहादुर रावतले सरकारबाट समर्थन फिर्ता लिँदै यही साउन ७ गते पदबाट राजीनामा दिएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र हाल रिक्त रहेका चारवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कँडेल आफैंले सम्हालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu