ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैजनाथ मन्दिरमा ‘रुपाली होली’को रौनक


admin
१६ फाल्गुन २०७४, बुधबार   ४ : १७   बजे

भीमदत्तनगर, १६ फागुन । कञ्चनपुरको भीमदत्तनगरस्थित वैजनाथ मन्दिरमा अहिले परम्परागत रुपमा मनाइने ‘रुपाली होली’को रौनक छाएको छ ।

डडेल्धुराको रुपाल भन्ने ठाउँबाट बसाइँसरी कञ्चनपुरका विभिन्न स्थानमा बसोवास गर्दै आएका रुपाली समुदायका स्थानीयवासीले परम्परागत रुपमा मनाइने होलीलाई रुपाली होली भनिएको छ । यो वर्ष उनीहरुले मन्दिरमा रुपाली होली खेलिरहेका छन् ।

तत्कालीन डडेल्धुराको रुपाल गाविसमा बसोवास गर्ने स्थानीयवासीलाई यहाँको स्थानीय भाषामा रुपालवासी भनेर चिन्ने गर्दछन् ।

भीमदत्तनगरलगायत यहाँका विभिन्न बस्तीमा छरिएर रहेका रुपालीबीचको एकता र रंगिन पर्वसीत जोडिएको होली पर्व पुस्तौंदेखिको संस्कृति जगर्नेको माध्यम पनि बनेको रुपाली होली समाज भीमदत्तनगरका अध्यक्ष अर्जुनदेव जोशीले जानकारी दिनुभयो ।

होली समिति नै बनाएर कञ्चनपुरमा रुपालवासीले हरेक वर्ष धार्मिकरुपमै होली पर्वलाई आत्मसाथ गर्दै आइरहेका छन् । एकादशीदेखि भीमदत्तनगरस्थित वैजानथ मन्दिरमा विधिवत् रुपले शुरु हुने होली पर्व पूर्णिमासम्म सञ्चालन हुने अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

‘भीमदत्तनगरमा मात्रै दुई सय भन्दाबढी परिवार रुपालवासीको बसोवास छ,’ अध्यक्ष जोशीले भन्नुभयो–“यो पटक चार दिन मात्रै होली हुने भएकाले मन्दिरमै होली खेल्ने निर्णय भएको हो ।” विगतमा रुपालवासीको घर÷घरमा होली खेल्ने गरिन्थ्यो ।

‘त्रयोदशी तिथि नभएकाले यो पटक धेरै लामो समय होली नहुने भएकाले रुपालवासी मन्दिरमै आएर होली खेलिरहेका छन्’ उहाँले भन्नुभयो– “भारतको कुमाउदेखि नै रुपालवासीले यो होलीलाई निरन्तरता दिँदै आएका हुन ।”

यहाँस्थित वैजनाथ मन्दिरमा होलीका लागि ल्याएको पित्तलको ढोल(बाजा)लाई पूजाअर्जना गरेर रुपाली होली मनाउन शुरु गरेको छ । ‘मन्दिरमै होली खेल्ने र यही आएर समितिलाई दान, दक्षिणा दिने भनेका छौं’ अध्यक्ष जोशीले भन्नुभयो–“सोहीअनरुप स्थानीयवासी जम्मा भएर होली मनाउदैछ ।” वैजनाथ मन्दिरमै भगवानको आशिष लिएर होली विसर्जन गर्ने परम्परा रहेको उहाँको भनाइ छ ।

प्रदेश नं ७ मै ऐतिहासिक होलीका रुपमा लिइने रुपाली होलीको आफ्नै मौलिक विशेषता रहेको रुपालबाट भीमदत्तनगर बसाइँ सरेका समाजसेवी लोकबहादुर ठकुराठीले बताउनुभयो ।

‘नयाँ पुस्ताका लागि पनि रुपाली होली परम्परागत ज्ञानको भण्डार नै हो,’ उहाँले भन्नुभयो–“होलीको निरन्तरताले संस्कृति संरक्षण पनि भएको छ ।”
परम्परागत शैलीमा खेलिने होली रुपाली समुदायका हरेक उमेर समूहका व्यक्ति गोलबद्ध भएर खेल्ने गर्छन् । यसको परम्परागत भाकामा होली गाइने चलन छ ।

जागिर तथा अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रुपालीवासीको होली पर्वमा झमघट हुने हुनाले होली पर्वलार्ई एउटा भेटघाटको पर्वका रुपमा पनि लिइने गरिन्छ । होलीबाट संकलन भएको रकम मन्दिरकै विकास एवं विस्तारमा खर्च गर्ने गरिएको होली समितिले जनाएको छ ।

‘जसको घरमा बिहे र सन्तान भएको छ, उसले फगुवाहरुलाई होलीका मौकामा विशेष भोजन समेत गराउने चलन छ ।’

उहाँले भन्नुभयो–“यसले पम्परागत मान्यतालाई पनि बढावा मिलेको छ ।” रुपालवासीको डडेल्धुराबाट २०१७ सालदेखि तराईमा बसाइँसराइ गर्ने क्रम शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group