काठमाडौं २० साउन । सरकारका प्रवक्ता तथा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्बा गुरुङले समानुपातिक हटाउने र थे्रेस होल्ड १० प्रतिशत गर्ने भन्ने पार्टी महासचिव शंकर पोखरेलको भनाई नितान्त निजी कुरा भएको बताएका छन् । गुरुङले भने– ‘एमाले पार्टी र गठबन्धन सरकारमा संविधान संशोधनको विषयमा अहिलेसम्म कुनै पनि तरिकाले छलफल समेत भएको छैन‘ उनले भने– थ्रेस होल्ड १० प्रतिशत राख्नुपर्छ भन्ने कुरा साना दल मास्ने मात्र होइन कि समानुपातिक र समावेशी व्यवस्था नै सिद्धाउने कुरा हो ।‘
एबीसी टेलिभिजनको आउटलुक कार्यक्रमा बोल्दै सूचना तथा सञ्चार मन्त्री रहेका गुरुङले भने ‘आज कसैले चाहेर पनि समानुपातिक र समावेशी प्रणाली हटाउन नसक्ने सक्दैन । प्रधानसम्पादक शुभशंकर कँडेलसँगको अन्तर्वार्तामा मन्त्री गुरुङले भने ‘बहुदली जनवाद मान्ने पार्टीले दुई दलीय व्यवस्थाको वकालत गर्न सक्दैन । कुनै पनि देशमा कतिवटा पार्टी बन्छन् र कस्ता पार्टी बन्छन् भन्ने कुरा त्यो देशकमा सामाजिक सांस्कृतिक बनोटमा भर पर्ने कुरा हो ।‘ गुरुङले भने कसैलाई मनगढन्ते हिसावले लाग्दो हो दुई वटा पार्टी मात्र भए पो राम्रो हुन्छ कि क्या हो ? उनले भने – यो अमेरिका होइन ।
यसभन्दा अघि गण्डकी प्रदेशको पहिलो सफल मुख्यमन्त्री समेत भएका एमाले उपमहासचिव गुरुङले प्रदेश हटाउने भन्ने सोच्ने भन्दा पनि अझ कसरी बलियो बनाउने र माथिका नेताहरुको कठपुतली बन्नबाट कसरी रोक्ने भन्ने बारेमा सोच्नुपर्ने बताए । संविधान निर्माण गर्ने बेलामा नै हाम्रो जस्तो भूराजनीतिक संवेदनशीलता भएको देशमा बढी प्रदेश गराउँदा नै देशको अखण्डता र सर्वाभौमसत्ता बलियो हुने भन्ने आधारमा प्रदेशको संरचना गराइएको मन्त्री गुरुङले स्पष्ट गरे ।
गुरुङले यो सरकारले व्यवहारबाट आफ्नो औचित्य पुष्टि गर्नु पर्दछ भन्ने बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले सवै मन्त्रीलाई निर्देशन दिएको बताए । कांग्रेस र एमाले मिल्नु पर्ने विन्दु आएको पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि सन्दर्भ विना नरेन्द्र मोदीको सपथ ग्रहणमा गएर आएपछि कांग्रेस सभापतिसँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि उत्पन्न भएको भएको । प्रचण्डको त्यो प्रस्तावको उद्धेश्य त फेरि पनि एमालेलाई माइनस गरेर कांगे्रेससँग मिलेर प्रधानमन्त्री बनिरहने देखेपछि ओलीले अग्रसरता लिएको स्पष्ट गरे।
यो अन्तर्वार्ता एबीसी टिभी नेपाल नामक युट्युव च्यानलमा पनि हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्