ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति उम्मेदवारका रुपमा ह्यारिसलाई पार्टीबाट औपचारिक अनुमोदन प्राप्त


एबीसी न्यूज
२२ श्रावण २०८१, मंगलबार   २ : ५७   बजे

काठमाडौं २२ साउन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सोमबार डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रुपमा औपचारिक अनुमोदन प्राप्त गर्नुभएको छ ।

ह्यारिस पार्टीको तर्फबाट नेतृत्व गर्ने पहिलो महिला र पूर्वराष्ट्रपति ओबामा पछिको दास्रो अश्वयत उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रपति जो बाइडेनले अचानक आफ्नो उम्मेदवारी फिर्ता गरी ह्यारिसलाई समर्थन जनाउनुभएको थियो । ह्यारिसले पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारको रुपमा औपचारिक अनुमोदन प्राप्त गर्न आवश्यक प्रक्रिया अगाडी बढाउनुभएको थियो ।

डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न एक हजार ९७६ प्रतिनिधिको समर्थन चाहिन्छ । जसमध्ये दुई हजार ५७९ ले उहाँलाई समर्थन गरेको एपीले जनाएको छ ।

‘डेमोक्र्याटिक नेसनल कन्भेन्सन’का प्रतिनिधिहरुको पाँच दिने अनलाइन मतदान सोमबार समाप्त भएपछि ह्यारिसले आधिकारिक मनोनयन प्राप्त गर्नुभएको हो । डेमोक्र्याटिक पार्टीले जारी गरेको विज्ञप्तिका अनुसार ९९ प्रतिशत प्रतिनिधिले ह्यारिसको पक्षमा मतदान गरेका थिए ।

बाइडेनले राष्ट्रपतीय उम्मेदवारी फिर्ता लिएपछि ‘एपी–एनओरसी सेन्टर फर पब्लिक अफेयर्स’ ले गरेको रिसर्च पोलमा ४६ प्रतिशत अमेरिकीको ह्यारिसप्रति अनुकूल दृष्टिकोण रहेको पाइएको छ भने समान सङ्ख्याको उहाँको उम्मेदवारीप्रति प्रतिकुल धारणा रहेको छ ।

यद्यपी धेरै डेमोक्र्याटहरुले बाईडेनको तुलनामा ह्यारिसको उम्मेदवारीबाट सन्तुष्ट रहेको धारण व्यक्त गरेका छन् । ह्यारिसले लोकतन्त्र, हिंसा रोकथाम र गर्भपतनको अधिकार जस्ता विषयवस्तु आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । राससरएपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group