ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समितिको जिम्मेवारी बाँडफाँड


admin
१६ फाल्गुन २०७४, बुधबार   ६ : ३२   बजे

धनगढी, १६ फागुन । प्रदेश नं. ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारभित्र रहने विभिन्न समितिको नेतृत्वको जिम्मेवारी तोकेको छ ।

मुख्य मन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले राजनीतिक समितिको नेतृत्व सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक र पूर्वाधार विकास समितिको नेतृत्व आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह र प्रशासन तथा विधेयक समितिको नेतृत्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिं बोहराले गर्ने निर्णय भएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिनुभयो ।

बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ र कार्य सम्पादन नियमावली २०७४ अनुरुप विषयगत मन्त्रालयले प्राथमिकता तोकेर कार्ययोजना समेत बनाई तत्काल लागु गर्दै जाने निर्णय गरेको छ ।

यस्तै प्रदेश सरकारका भवन र निवास सवारी साधनलगायतको समन्वय, व्यवस्थापन र अनुगमन गर्न भौतिक पूर्वाधार विकासमन्त्रीलाई जिम्मेवारी दिने र प्रदेश सरकारका निकायमा खटिने कर्मचारीको व्यवस्थापन र समन्वय गर्न आन्तरिक मामिला तथा कानून मन्त्रीलाई र प्रदेशका सहरी क्षेत्रमा सवारी साधनको समुचित व्यवस्थापनमा ध्यान दिन भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्य क्षेत्रको अनुगमन सामाजिक विकास मन्त्रीलाई जिम्मेवारी दिने निणर््ाय समेत गरेको छ ।

बैठकले मन्त्रिपरिषद सदस्यका लागि आचार संहिता निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश: १ बजेसम्म करिब ३० प्रतिशत , बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मत खस्यो

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

कैलाली–१ : रेशम चौधरीको गढमा शक्ति सन्तुलन फेरिने संकेत

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group